Worldlink Communications

श्री लामाचौर महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. को एघारौँ वार्षिक साधारण सभा सम्पन्न

मङ्सिर २२, पोखरा

पोखरा महानगरपालिका वडा न. १९ मा रहेको श्री लामाचौर महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रेणुका आचार्यले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको भव्य र सभ्य सफलताको कामना गर्नुभयो। अहिले बजारमुखी भएका सहकारीहरुको नराम्रो क्रियाकलापको कारणले गर्दा गाउँमा भएका राम्रा सहकारीहरु पनि बदनाम हुन पुगेको परिवेशमा महिला दिदीबहिनीहरुले सञ्चालन गरेको यो सहकारी असाध्यै राम्रोसँग चलाउनुभएकोमा प्रशंसा गर्नुभएको थियो।

त्यस्तैगरी जनप्रतिनिधि दुर्गा देवी बस्नेत ले संस्थापक को रूपमा काम गर्नेहरूदेखि लिएर सबैको एकमत एक हिसाबले अगाडि बढ्दै यहाँसम्म ल्याउनुहुने सम्पूर्ण दिदीबहिनीहरु लाई मनैदेखि बधाई दिँदै आगामी दिनमा पनि सहकारीको साथ सिद्धान्तमा रहेर काम गर्नुभएमा कहिल्यै पनि सहकारी नराम्रो बाटोमा नजाने बताउनुभयो। दिदीबहिनीहरूले इमान्दार बन्दै काम गरेको हुनाले ऋण लिने र ऋण दिने काम पारदर्शी किसिमले भएको हुनाले संस्था अगाडि बढिरहेको मा खुसी व्यक्त गर्नुभयो।

त्यस्तैगरी कार्यक्रमका अतिथि पोखरा महानगरपालिका वडा न. १९ का जनप्रतिनिधि विकास कुमार आचार्यले आमा दिदीबहिनीहरूले सञ्चालन गर्नुभएको सहकारी आफैंमा धेरै नै राम्रो भएको बताउनु भयो। आगामी दिनमा यसरी नै सहकारीको मूल्य मान्यता र मर्मलाई बुझेर सबै मिलेर सहकार्य गरेर चलाएको यो संस्था ज्यादै नै राम्रो र पारदर्शी भएको बताउनुभयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्पना भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने छिमेकी सहकारीहरूको तर्फबाट जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लीका प्रबन्ध निर्देशक सुशील के सी , नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागत सिंह भण्डारी र पूर्व अध्यक्ष शकुन्तला बस्नेत लगायतले ले पनि स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विभिन्न विधामा उपस्थित व्यक्तित्वहरूलाई सम्मान गरिएको कार्यक्रममा अध्यक्ष रेणुका आचार्यले आफ्नो अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष जसोदा भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रमलाइ भव्य र सभ्य रूपले संस्थाको सचिव लक्ष्मी पाण्डेले सञ्चालन गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: