रेबान पोखराले “सडकमै खाउँ, सडकमै रमाउँ सडकमै नाचौँ ” भन्ने नाराका साथ कार्यक्रम गर्ने
मंसिर २४ , पोखरा
रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्ष स्वागतर्थ सधैँ हुने गरेको सडक महोत्सव “सडकमै खाउँ, सडकमै रमाउँ सडकमै नाचौँ ” भन्ने नाराका साथ यस वर्ष पनि पौष १३ गतेदेखि १७ गते सम्म कार्यक्रम आयोजना गर्ने भएको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अग्रेजी नयाँ वर्षको गन्तव्य स्थल” को रुपमा प्रबर्द्धन गर्ने उद्देश्यले मिति २०८१ पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । ‘सडक मै खाउ, सडक मै रमाउँ सडक मै नाचौ” भन्ने उद्देश्यका साथ आयोजना गर्न लागेको आज एक पत्रकार भेट कार्यक्रमका बीच जानकारी दिएको छ।
कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजार, प्रचार प्रसार, व्यापार बढाउन हीस, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सबले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएको सडक महोत्सवले स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको जानकारी दिइएको थियो।
पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने बलन थियी। नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे। तर, विगत २५ वर्ष देखिको मिरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने बातावरण सृजना गराएको कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको जानकारी दिइएको थियो ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लीपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बीट रेस, बेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुध, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरु को विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि बनस्पती लगायतका कृर्षि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकिय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निधर्धारित पसल अगाडी ल्याई सज्जि सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने जानकारी दिइएको थियो ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा बुअरी प्रालिको टुबोर्ग वियर र सह प्रायोजकमा ज्याक डॅनियल हिस्की, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड,पोखरा महानगरपालिका ,गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन ।यस महोत्सवलाई सबैले अपनत्व हुने गरी पर्यटक लक्षित गराउनका लागि हामी यहाँहरुबाट थप सल्लाह र सुझाव र सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दै सम्बन्धित जिम्मेवार व्यक्तिहरूले पत्रकारका प्रश्नहरुको जबाफ दिनुभएको थियो।