Worldlink Communications

स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्दै सातौ टुर दि पोखरा कार्यक्रम गर्दै

पौष ५, पोखरा

स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्ने नाराका साथ सातौ टुर दि पोखरा कार्यक्रम पौष १३ हुने अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

अहिलेको विश्वव्यापी रुपमा वातावरण तया जलवायु बिग्रँदै गएको अवस्थाले गर्दा मानव अन्य जीवजन्तु प्राणी लगायत वोटविरुवा समेतलाई प्रतिकूल अवस्था बन्दै गईरहेको छ। यही प्रतिकुल वातावरणका कारण मानिसहरु अश्वस्थ मात्र हैन, हिमालहरु हिउँ हुनुपर्ने ठाउँमा काला पत्थर देखिन थालिसकेको अवस्था छ। अहिले को अत्याधुनिक औद्योगिक विकास सगै बड्‌दो सहरीकरणको कारण प्रतिकूल वातावरण बन्न गएकोले यस अवस्थालाई न्यूनीकरण गर्न केही पहल गर्नको लागि साइकलको उपयोगितालाई व्यापक प्रचार प्रसार गरि केही हदसम्म अनुकुल वातावरण बनाउन र स्वस्थ जिवनको लागि साइकल चलाउनु पर्छ भन्ने अभियानका साथ साहसिक खेलहरुको गन्तव्य पर्यटकीय राजधानी पोखरा, जहा साइकलका गतिविधि गरेर पर्यटन क्षेत्रमा केहि उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विगत केहि वर्ष देखि टुर दि पोखरा कार्यक्रम गर्न लागेको अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो।

सन् २०१५ सेप्टेम्बर २९ मा ‘स्वस्थ मुटुको लागी साईक्लिङ’ नाराका साथ पहिली दुर दि पोखरा:  सन् २०१६ सेप्टेम्बर २४ मा ‘स्वस्थ मुटु सबैको लागि जहिले पनि जहाँ पनि नाराका साथ दोस्रो कार्यक्रम” सन् २०१७ सेप्टेम्बर २३ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल नाराका साथ तेस्रो कार्यक्रम’ :सन् २०१८ डिसेम्बर २९ मा ‘बोसो पगालौ, ईन्धन बचाऔ नाराका साथ चौथो कार्यक्रम: सन् २०१९ डिसेम्बर २८ मा ‘बोसो पगालौ, ईन्धन बचाऔ’ भन्ने नाराका साथ पांचौ कार्यक्रम र सन् २०२२ डिसेम्बर २४ मा “थोपा थोपा ईन्धन बचाऊ’ भन्ने नाराका साथ छैठौ टुर दि पोखरा कार्यक्रम सम्पन्न सकेको बताउनुभयो।

यसै कार्यक्रमलाई निरन्तरता साइकल सिटी पोखराले यस वर्ष पनि यहि २०२४ डिसेम्बर २८ (२०८१ पुस १३ गते) स्वास्थ्य, बातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ सातौ टुर दि पोखरा साइकल ऱ्याली कार्यकमको तयारी पुरा गरेको जानकारी आज एक पत्रकार भेट कार्यक्रममा साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले बताउनुभयो। र्‍यालीमा पोखरा बजारको २४.५ कि.मि. क्षेत्र भित्र रहने बताउनुभयो।

साइकल सिटी पोखराले स्थापनाकाल देखि साइकल सम्बन्धी विभिन्न गतिविधि गरिरहेको सन्दर्भमा विभिन्न पर्यटकीय क्षेत्रहरु सिरुबारी, पञ्चासे, सिक्लेश, रारा, मुक्तिनाथ, अन्नपूर्ण राउण्ड, मिलिनियम, लुम्बिनी, मेची महाकाली साइकल यात्रा, शान्ति स्तुपामा पर्यटकलाई विश्राम हेतु बेन्च निर्माण, हरिहर आश्रममा सोलार प्रदान, साइकल यात्रीहरुलाई सम्मान कार्यक्रम, रक्तदान तथा वृक्षारोपण गर्नु लगायत विभिन्न साइकल प्रतियोगिता, शान्ति स्तुपा देखि रानीवनको बाटोमा साइकल ट्याक, पोखराका प्रत्येक पर्यटकिय गन्तव्यमा साइकल स्ट्याण्ड निर्माण लगायत साइकल सिटी पोखराको सकियतामा पोखरा जिरो कि.मि. देखि महेन्द्रपुल सम्म ३ कि.मि. नेपाल मै पहिलो साईकल लेन निमार्ण जस्ता सामाजिक कार्य गरेको सोही अवसरमा जानकारी गराउनुभयो।

सन २०१८ मा संयुक्त राष्ट्र संघले जुन ३ लाई विश्व साइकल दिवस घोषणा गरे अनुसार त्यस दिन अन्नपूर्ण हिमाल आरोहण दिवस समेत रहेको र यसै दिनलाई आधार मानेर साइकल सिटी पोखराले केही वर्ष देखि साइकलका केही कार्यक्रमको आयोजना गरी दुवै दिवस मनाउने गर्दै आएको जानकारी दिइएको थियो। आगामी जुन ३ हिमाल आरोहणको इतिहासमा ८००० मिटर माथिको हिमाल आरोहणमा पहिलो हिमाल आरोही फान्सका मोरिस हरजोगले सन् १९५० मा पहिला अन्नपूर्ण हिमाल आरोहण गरेको दिनको ७५ वर्षको अवसरमा फान्से्ली राजदुतावासले हिरक दिवस मनाउने कुरा रहेकोले सो दिन साइकल दिवस समेत रहेको हुँदा साइकल सम्बन्धी बृहत केही कार्यक्रम गर्न दुतावासलाई अनुरोध गर्ने पहल भई रहेको हुनाले त्यस दिनको कार्यक्रम अझै राम्रो भव्य र सभ्य हुने जानकारी दिनुभएको थियो।

पोखरालाई साइकल हबको रुपमा विकास गरी पर्यटन क्षेत्रमा केही टेवा दिन साइकल सिटी पोखराले साइकल मैत्री पर्यटकीय शहर अवधारणा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई बुझाईसकेको सो ववधारणा समेत आधार मानी पोखरा महानगर पालिका र ए.डि.बि. ले झण्डै १५० कि.मि. को ताल देखि ताल सम्म साइकल मार्ग र आवश्यक भौतिक पूर्वाधार निमार्ण गर्न छलफल अगाडी बढाईरहेको पनि जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: