कास्की जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न
पौष १९ , पोखरा
कास्की जिल्ला माछापुछ्रे गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मिन ब. गुरुङले मेलमिलाप कर्ताहरुको भरमा काम गर्दा कठिनाइहरु भइरहने आइरहने भन्दै न्यायीक समितिमा सम्बन्धित कानुन अध्यन गरेको व्यक्ति नै राख्नसके थप सहजहुने विश्वस व्यक्त गर्नुभयो ।मेलमिलाप ले बास्तविक पिडितले न्याय पाउने गरि जनताको हितमा काम गर्न आग्रह समेत गर्नभयो।
उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सीता अधिकारीले न्यायिक समितिको कामकारबहीलाई व्यवस्थित, प्रभावकारी र गुणात्मक बनाउन, न्यायिक समितिका पदाधिकारीहरु विच निरन्तर सम्पर्क ,समन्वय र न्यायमा एकरुपता दिने उदेश्यले सम्मेलनको आयोजन गरिएको बताउनु भयो ।
गाउँपालिका शुशासन समिति संयोजक,प्रवत्ता एवं वडा नं २ का अध्यक्ष गणेश आर्चायले स्थानीय तहका न्यायिक समितिलाई कतिपय मेलमिलाप पद्धतिको अनुभव र प्रक्रियामा समस्या हने भएकाले यस्ता महत्वपूर्ण सम्मेलनले यप सहजिकरण र सहज हुने बताउनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत गोपिकृण अर्यालले मेलमिलापले न्यायपूर्ण र शन्तिपूर्ण समाज निर्माण गर्ने मा जोड दिनुपर्नेमा जोडदिनु पर्ने बताउनुभएको थियो।
अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक चन्द्रकला अधिकारीले मेलमिलाप प्रक्रियामा दुबै पक्षबीचको सहमतिबाट विवादको समाधान हुने भएकाले मेलमिलाप कर्ताले आफ्नो क्षेत्राधिकारको पुर्ण प्रयोग गरेर मेलमिलापको माध्यमबाट नै जनताको न्यामा पहुँचको अधिकारलाई रक्षा गर्ने सकिने बताउनु भयो ।
रुपा गा.पा उपाध्यक्ष एव. न्यायिक समिति संयोजक लालसुभा गुरुङले मुद्धाले अदालतमा प्रवेश गर्नुपुर्व नै कानुनी मर्म र धर्ममा रहेर न्यायिक समितिको छलफल बाट सचेत गराउदै समस्यको समाधान गर्न सकियो भने लक्षित वर्गले सहजरुपमा न्याय पाउने बताउनु भयो ।
मुख्य प्रशिक्षक उपन्यायाधिवक्ता गोपाल ढकालले सम्मेलनमा मेलमिलाप पद्धतिका आधाभूत अवधारण तथा मेलमिलापकर्ताको आचारसंहिताको पालनाको स्थिति,मेलमिलापको बर्तमान अवस्था, हासिल भएका उपलव्धि,देखिएका समस्या तथा भावी कार्यदिशा, अदालत पेरषित मेलमिलाप, वर्तमान अवस्था र सुधारका क्षेत्र लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
सम्मेलनमा कास्की जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजक,न्यायिक समिति पदाधिकारीहरु साथै माछापुछ्रे गाउँ पालिका को विभिन्न वडाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
माछापुछ्रे गाउँपालिका को उपाध्यक्ष एंव न्यायिक समिति संयोजक सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समिति सदस्य जमुना पुन र संचालन महिला तथा बाल बालिका शाखा प्रमुख ज्योति पौडेलले गर्नुभएको थियो।