Worldlink Communications

लामाचौर चर्चले आफ्नो ५०औ बर्ष प्रबेस गरेको खुसीयालीमा स्वर्ण जयन्ती मनायो

पौष २०, पोखरा

पोखरा महानगरपालिका वडा न.१६ बानियापथ स्थित लामाचौर चर्चले आफ्नो स्थापनाको पचासौँ वर्षको अवसरको खुसीयालीमा स्वर्णउत्सवलाइ हर्षोल्लासपूर्ण तरिकाले मनायो।

कार्यक्रममा प्रमुख अतिथि एन. सि. एफ. का अध्यक्ष हनोक तमाङले नेपालमा चर्च अर्थात् प्रभु येशु भन्ने बित्तिकै सबैले नाक खुम्च्याउने अर्थात् अलि फरक ढङ्गले सोच्ने अवस्थाबाट यहाँसम्म आइपुग्न ठूलो समस्या झेल्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियो। हरेक राम्रा विषयहरूको राम्रा कुराहरुको उठान गर्दा एक्लै एक्लले गर्नुपर्ने जानकारी गराउँदै यो संस्था पनि एकजनाले मात्रै सुरु गरेर आज देशैभरि हजारौं चर्चहरु स्थापना भएका छन् हजारौं मनहरु यसमा आबद्ध भइसक्नु भएको छ सबै धन्यवादीको पात्र हुनुहुन्छ भन्नुभएको थियो।

अध्यक्ष हानोकले क्रिश्चियनहरूले जहिलेपनि जहाँपनि सबैको आआफ्नो धार्मिक एवं सांस्कृतिक मूल्य मान्यता हुन्छ भन्दै सबैले सबैलाई सम्मान गर्दै हिँड्नुपर्छ आआफ्नो स्थानबाट सबैलाई सम्मान गरेपछि कोही कसैबाट पनि अपमान हुन नपर्ने बताउनुभयो। नेपाल मा भएका क्रिश्चियनहरूले आजका दिनसम्म कहिँ पनि कुनै पनि किसिमको द्वन्द कहीँ पनि नगरेको बताउँदै एकआपसमा भाई चाराएको सम्बन्धको रुपमा अन्य आस्थाहरूलाई पनि सम्मान गर्दै यहाँसम्म आएको वास्तविकता कहीँ कसैबाट पनि नछोपिने बताउनु भयो।

२०३१ सालमा स्थापना भई ५०औँ वर्ष पूरा गरी स्वर्ण जयन्ती उत्सव मनाउन लागेको लामाचौर चर्चले धार्मिक, सामाजिक र सांस्कृतिक विषयमा जनचेतना जगाउन अतुलनीय योगदान गरेको, स्थानीय संघसंस्थाहरूको बीचमा रहेका अनेकौं चुनौतीका बावजुद पनि यस संस्थाले देखाएको सकारात्मक कदमहरु कोसेढुङ्गा साबित भएको विभिन्न अतिथिहरूले बोल्ने क्रममा बताउनुभएको थियो।

कार्यक्रममा परिषद्का कोषाध्यक्ष एल्डर कृष्णबहादुर अधिकारीले आजको कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने सम्पूर्ण पाहुनाहरूलाई हृदयदेखि नै नमन व्यक्त गर्नुभयो। विशेषगरी पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वार्ड न. १६, पोखरा महानगरपालिका वडा न.१९, नवआदर्श सामुदायिक विकास समाज लगायत विभिन्न संघ संस्था, बुद्धिजीवी ,सामाजिक व्यक्तित्व, राजनैतिक व्यक्तित्व र हाम्रो संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गर्दै स्वागत गर्दछु भन्नु भएको थियो।

आजको कार्यक्रममा यस संस्थालाई स्थापनाकालदेखि आजसम्मको उचाइमा पुर्‍याउन योगदान गर्नुहुने विभिन्न व्यक्तित्वहरू लाई सम्मान गरिएको थियो भने कार्यक्रमको बीचबीचमा प्रभु येशूका गीतहरू बजाएर नृत्य प्रदर्शन गरी कार्यक्रम भव्य र सभ्य रूपले मनाइएको थियो।

कार्यक्रम लामाचौर चर्च परिषद्का अध्यक्ष भक्त थापाको अध्यक्षता मा भएको थियो। कार्यक्रम का प्रमुख अतिथि एन. सि. एफ. का अध्यक्ष हनोक तमाङ ले गर्नुभएको कार्यक्रममा लामाचौर चर्चले स्वर्ण स्मारिका विमोचन गरेको थियो।अमेरिका, इन्डिया र विभिन्न छिमेकी जिल्ला हरूको प्रतिनिधित्व गर्दै अतिथिको रुपमा आउनु भएको सो कार्यक्रम परिषद्का सचिव एल्डर राजु अधिकारीले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्: