Worldlink Communications

अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा मौरी पालन तालिम शुरु

पौष २१, पोखरा

प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा मौरी पालन तालिम शुरु भएको छ ।

तालिम अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा पुस २१ गते आइतबार बाट शुरु भएको छ ।तालिम ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन हुने शिक्षालयका प्रमुख बिकल अधिकारीले बताउनुभयो भयो ।

उहाँले तालिम यस अगाडि पनि सञ्चालन गदै आइरहेको बताउदै यस्ता तालिमा लाई निरन्तरता दिइने उल्लेख गर्दै बिद्यार्थीहरुलाई स्वरोजगार बन्न सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष बिष्णु बहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिइएको उल्लेख गर्नुभयो ।

उहाँले तालिममा सहभागिहरुको लागि अनुदान स्वरुप मौरीका घार उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो साथै उहाँले यस क्षेत्रलाई मौरी पालन पकेट क्षेत्र बनाउनु पर्नै बताउनुभयो ।

यस्तैगरी वडा नम्बर ४ का वडा अध्क्षय आन्दल गुरुङले मौरी पालनलाई ब्यवसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न बिद्यार्थी तथा किसानहरूलाई आग्रह गर्नुभयो ।

तह १ अन्तर्गत दिइने मौरी पालन तालिममा २० जना बिद्यार्थी सहभागि रहेको छ । यस्तै तालिमको मुख्य प्रशिक्षकको रुपमा जगन्नाथ पौडेल र सहायक प्रशिक्षकमा बर्ष बिक रहनुभएको छ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: