नेपाल भूतपूर्व खेलाडी मञ्च द्वारा आयोजित १९औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन-३ गते
पौष २३, पोखरा
नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा हुन लागेको १९औ सफल अन्तर्राष्ट्रिय म्याराथन कार्यक्रम यही पौष २७ गते बाट साप्ताहिक / मासिक दौडको अभियान हुनेछ भने फागुन ३ गते शनिबार १९औँ संस्करण कार्यक्रम गर्ने भएको छ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले १९ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०८१ एवं यसका साप्ताहिक/मासिक दौडका कार्यक्रम सार्वजनिक गरेको छ । मञ्चले यसपालिकाे नारा ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं’ तय गरेकाे छ ।
पोखरालाई दौड संस्कृतिको विकास गरी पोखरेलीहरूलाई स्वस्थ र मानसिक रूपमा सक्षम नागरिक बनाई सचेतना प्रदान गर्न यस वर्ष पनि मञ्चले विगतका वर्षहरूमा जस्तै कार्यक्रम गर्ने र यस वर्ष अलि फरक रूपमा मासिक र साप्ताहिक दौड जस्ता कार्यक्रमहरू ल्याएको छ।
विगत वर्षमा जस्तै यस वर्षको नारा “स्वच्छ पोखरा स्वस्थ पोखरेली” भन्ने नाराका साथ सुरु गरिने दौड कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूलाई पनि भाग लिन लगाउने र सबै सबैको शरीर स्वस्थ राख्नुपर्छ , हाम्रो सहरमा हस्पिटल मात्र होइन हस्पिटलको अलावा स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको विकास गर्ने दौड कार्यक्रम हुनुपर्छ भन्ने मान्यतालाई अगाडि बढाउनको लागि पनि दौडनु आवश्यक छ भन्ने सबैलाई सिकाउनको लागि स्वच्छ पोखरा स्वस्थ पोखरेली भन्ने नारा तय गरिएको जानकारी संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले दिनु भयो।
मासिक र साप्ताहिक रूपमा हुने दौड पौष २७ गतेबाट सुरु हुने मासिक दौड ५ किमी रङ्गशालाबाट सुरु भई sos गेट कृष्ण मन्दिर चोक इन्द्रमार्ग हुँदै पुन रङ्गशालामा आएर सम्पन्न हुनेछ। जसका लागि दर्ता खुल्ला गरिएको जानकारी दिइएको छ भने दौडमा भाग लिनको लागि पौष २६ गते सम्म दर्ता गर्न सकिने जानकारी दिइएको छ। प्रतियोगितामा विजेता पहिलो दोस्रो तेस्रो चौथो र पाँचौंलाई मेडल प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने जानकारी गराइएको छ।
फागुन ३ गते हुने १९ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन कार्यक्रमलाई सफल व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि २८ वटा विभिन्न उपसमितिहरू गठन गरी अगाडि बढेको जानकारी दिइएको थियो।
संस्थाका भूतपूर्व अध्यक्ष तेज गुरुङले यस वर्ष सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १४ वटा क्याटागोरी हरू हुने जसमा अन्तर्राष्ट्रिय खुला म्याराथन ४२.१९५ कि.मि को हुने, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ कि.मि, हाफ म्याराथन महिला /पुरुषको २१.०९७ कि.मि को हुने, महिला/ पुरुष १० कि.मी को दौड विद्यालय स्तरीय छात्र/ छात्राको, ५ कि.मी दौड महिला /पुरुष व्हीलचेयर तथा दृष्टिविहीन महिला /पुरुषको दौड, ५० वर्षमाथि ५ किमी भेट्टान्स महिला/ पुरुष दौड हुनेछ भने सँगै वर्षको एक दिन दौडन पर्छ “रन फर फन”भन्ने सन्देश दिन चाहन्छौं भन्नुभएको थियो।
फागुन ३ गते हुने प्रतियोगिताबाट प्रथम हुने व्यक्तिलाई पाँच लाख नगद पुरस्कार लाई निरन्तरता दिँदै द्वितीयलाई ३ लाख तृतीयलाई २ लाख र सान्त्वना चौथोदेखि ८औ जनासम्मलाई ३० देखि १० हजार पुरस्कार प्रदान गर्ने कुरा जानकारी गराइएको थियो। त्यस्तैगरी खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको, हाफ म्याराथन १० किमी पुरुष तथा महिला पाँच किमी छात्र छात्रालाई ह्विलचियर तथा दृष्टिविहीन पुरस्कार रासिमा समेत वृद्धि गरेको जानकारी गराइएको थियो भने यस वर्ष पुरस्कारको राशि करिब २१ लाख ९० हजार जती खर्च हुने अनुमान गरिएको पनि नेपाल भूतपूर्व खेलाडी मञ्चले आज एक पत्रकार भेट कार्यक्रम गरि जानकारी गराएको थियो।
पोखरामा अन्तर्राष्ट्रिय हवाई एयरपोर्ट भएको हुनाले विदेशी पाहुना हरूलाई सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झर्न पाउने व्यवस्था भएमा धेरै विदेशीहरूको उपस्थिति बढाउन सक्ने थियौँ भन्दै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औँ संस्करणको लागि हामीले पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौड भन्ने नारा पनि तय गरेको संस्थाका पूर्व अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो।
नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो स्थापना कालदेखि नै गर्दै आएको कार्यक्रमलाई सञ्चालन गर्नको लागि विभिन्न संघसस्था समाजसेवी खेलप्रेमी व्यक्तित्वहरूले प्रायोजन गर्दै आएको यस कार्यक्रममा स्वदेश तथा विदेसि गरी ८९ जनाले अनलाइन दर्ता गरिसकेका छनभने फागुन ३ गते हुने सफल अन्तर्राष्ट्रिय म्याराथन मा भाग लिनको लागि माघ २४ गतेसम्म दर्ता गर्ने मिति रहेको जानकारी गराइएको थियो।