Worldlink Communications

संरक्षण आमा समूहको अधिवेशनबाट तेस्रो पटक सर्वसम्मत अध्यक्ष: पार्वती बस्नेत

माघ ५, पोखरा

पोखरा महानगरपालिका वडा न. १६ बाटुलेचौर अमला बिसौनिमा रहेको संरक्षण आमा समूहको आज भएको १२औ अधिवेशनबाट लगातार तेस्रो पटक पार्वती बस्नेत सर्वसम्मत अध्यक्ष हुनुभएको छ।

संरक्षण आमा समूह बाटुलेचौरको २४औ साधारण सभा तथा १२औ अधिवेशनको अध्यक्षता संस्थाका अध्यक्ष पार्वती बस्नेतले गर्नुभएको थियो। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापाकाे प्रमुख आतिथ्यता गर्नुभएको थियो । विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा न.१६ र १९ का वडाध्यक्ष क्रमश अमृत तिमिल्सिना र पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो। अतिथिहरूमा वडा न. १६ र २० का जनप्रतिनिधिहरू, विभिन्न आमा समूहका प्रतिनिधिहरू संघ संस्थाका प्रतिनिधिहरू, आमा समूहलाई माया गर्ने  व्यक्तित्वहरू, सल्लाहकारहरू, संस्था लाई मानसम्मान गर्ने, सहयोग गर्ने समाजसेवीहरू, बौद्धिक व्यक्तित्व हरू को समउपस्थितिमा कार्यक्रम भएको थियो ।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथि माननीय मन्त्री बिन्दुकुमार थापाले यस वाडमा विगतका वर्षहरूमा गर्न नसकिएका विकासका कामहरु अहिले निरन्तर भइरहेको बताउनुभयो। विशेषगरी आमा समूहको भवन बनाउनुपर्ने विषयलाई सम्बोधन गर्दै थापाले सार्वजनिक स्थानमा भवन निर्माणको लागि बजेट विनियोजन गर्नको लागि कानुन त बजेट दिन नमिल्ने बताउनुभयो। त्यसको लागि आमा समूहको नाममा लालपुर्जा हुनुपर्ने या स्थानीय सरकारबाट जग्गा उपलब्ध गराएको भन्ने पत्रका आधारमा बजेट विनियोजन गर्न सकिने यदि यस्तो भएमा बजेट विनियोजन गर्ने बताउनुभयो।

विशिष्ट अतिथि अमृत तिमल्सिनाले विकास निर्माणका काम हरू भइरहेको र ती भइरहेको कामलाई आज सुनाउने मौका दिनुभएको संरक्षणआमा समूह लाई धन्यवाद दिनुभयो। मैदानदेखि अमला बिसौनी सम्म पिच बाटो भएको, बाटोमा स्ल्याब राखेर हिँड्ने बाटो बनाउने काम भएको भन्दै धेरै आमा समूहहरूको बीचमा संरक्षण आमा समूहले राम्रो काम गरेको हुनाले अब बन्ने समिति पनि राम्रो काम गर्ने समिति बन्नेछ भन्ने विश्वास लिएको बताउनुभयो।

निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ, अमला बिसाउने धोबिनी पाटन टोल विकास समितिका अध्यक्ष खगेन्द्र थापा र पूर्ण खत्रीको निर्वाचन मण्डलले सार्वजनिक गरेअनुसार आज भएको संरक्षण आमा समूहको १२औ अधिवेशनबाट सर्व सम्मत रूपमा निर्वाचित हुने हुनेमा अध्यक्ष- पार्वती बस्नेत, प्रथम उपाध्यक्ष- गङ्गा कार्की, द्वितीय उपाध्यक्ष- रूपा थापा ,सचिव- सपना थापा, सहसचिव- गीता अधिकारी, कोषाध्यक्ष- ज्योति बस्नेत, सहकोषाध्यक्ष- शारदा पौडेल र सदस्यहरूमा क्रमश: सीता थापा, श्रीदेवी थापा, मंगला खड्का, प्रीति अमगाई, सुनिता थापा र रेखा थापा बस्नेत हुनुहुन्छ।

कार्यक्रममा संरक्षण आमा समूहका सम्पूर्ण सदस्यहरू, विभिन्न सङ्घसंस्थाहरूका प्रतिनिधि र छिमेकी आमा समूहहरूका प्रतिनिधि हरुको  उपस्थितिमा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गङ्गा कार्की, संस्थाको परिचय सहित स्वागत मन्तव्य निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ , संस्थाहरूको प्रतिनिधित्व गर्दै हिमालय क्लबका अध्यक्ष: मोहन थापा, टोल विकास संस्थाहरूको तर्फबाट खगेन्द्र थापा लगायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कोषाध्यक्ष ज्योति बस्नेत र सचिव रूपा खत्रीले आआफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका संस्थापक अध्यक्षहरू, सल्लाहकार हरूलाइ दोसल्ला उडाई मायाको चिनो, सहयोगी मनहरू र आमन्त्रण गरिएका व्यक्तित्वहरूलाई मायाको चिनो दिएर सम्मान गरिएको सो कार्यक्रम भव्य र सभ्य रूपले संस्थाका सचिव रूपा खत्रीले सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: