Worldlink Communications

वडा अध्यक्ष अक्कल बहादुर कार्की भन्नुहुन्छ म “राय” लाई “थापा” कसरी बनाउँ

माघ ६ , पोखरा

पोखरा महानगरपालिका वडा न. ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की भन्नुहुन्छ मैंले नागरिकताको सिफारिस लिन आएका राय थर गरेका व्यक्तिलाई थापा हो भनेर कसरी सिफारिस गरौं भन्नुभयो।

पोखरा महानगरपालिका वडा नम्बर ३२ का सचिव माधव तिवारीका अनुसार गोगन माध्यमिक विद्यालय मा पढेका मोतीलाल राय र रमा राय नागरिकताको सिफारिस माग्न आएपछि उहाँहरुले पेश गरेका विद्यालयका कागजपत्र र जन्म दर्ताको आधारमा सिफारिस दिएर पठाएकोमा राय थरबाट नागरिकता नबनेपछि अदालतमा पुगेका उनीहरू अदालतको फैसला अनुसार आमाको नामबाट प्रक्रिया मिलाएर नागरिकता दिने फैसला भए अनुसार नै कागज बनाएर पठाएको जानकारी दिनुभयो।

विद्यालयका सम्पूर्ण कागजपत्रहरू जन्मदर्ता, चारित्रिक प्रमाणपत्र सबैमा राय भनेर देखिन्छ सोही अनुसार कागजपत्र बनाएर पठाएको पछि फेरि आमाको नागरिकतामा रुक्मिणी थापा भएको हुनाले हाम्रो नाममा पनि थापानै हुनुपर्छ भनेर जिद्दी गरेकाले वडा कार्यालय ले कानुन त आफ्नो अधिकार भन्दा बाहिरको कुरा राय थरलाई बदलेर थापा बनाउन नसकिने वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिएपछि एकैछिन सिफारिस लिन आउने उहाँका आफन्त हरू र वडा कार्यालय बीच वातावरण तनावमय बनेकोले आफू धेरै दुःखी भएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले हामीलाई बताउनुभयो।

देशमा कानुन छ न्याय छ र कानुन विपरीत काम गर्नेलाई सजाय पनि छ। कानुन विपरीत काम गर्दा सजायको भागीदार हुनुपर्छ भन्ने कुरा राम्रोसँग बुझेको छु। भन्दै पोखरा महानगरपालिका वडा नं १८ लाई सम्झिनुभएको वडाध्यक्ष अक्कलबहादुरले बरु कसरी हुन्छ कागजपत्र कानुनी रूपमा पूरा गरेर काम गरौं हचुवाका भरमा काम गरेर मलाई सजाय भोग्नु छैन भनेपछि अझै स्थिति तनावमय बनेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो।

गोगन माध्यमिक विद्यालयमा पढेका उनीहरूलाई विद्यालयले मोतीलाल राय र रमा राय भनेर सिफारिस गरेको छ। सोही अनुसार वडा कार्यालयले पनि सिफारिस गरेको हुनाले र सम्मानित अदालतको फैसला पनि नियममा अनुसार कानूनी प्रक्रिया पुर्‍याई आमाको नामबाट नागरिकता दिनु भन्ने विषयलाई गोलमोटल नगरी नागरिकता उपलब्ध नगराएर उल्टै वडाबाट रायलाइ थापा बनाएर लिएर आउनुस् भनेर पठाउने जिम्मेवार निकाय किन गैर जिम्मेवारी बन्दैछ भनेर आफू दुःखी भएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले हामीसँग गुनासो पोख्नुभयो।

तपाईँलाई यो विषयमा कसले दुःख दियो भन्ने प्रश्नमा अक्कलबहादुर कार्की भन्नुहुन्छ कानुनले दिएका बिषयहरू प्रयोगमा ल्याउनै पर्छ सेवा दिनैपर्छ हामीले रोक्नु हुँदैन भन्दै जनप्रतिनिधिले जनताको काम रोक्नु भनेको अपराध हो यो विषय मलाई राम्रोसँग थाहा छ। तर गैरकानुनी काम गर्दा त्यसबाट आउने परिणाम भोग्नता मैलेनै पर्छ होला नि भन्दै पीडा पोख्नुभएका अध्यक्षले नागरिकता दिने ठाउँबाट नै राय थर गरेका व्यक्तिलाई थापा बनाएर लिएर आउनुस् भनेर पठाउनु , केही व्यक्तिहरू लगाएर कार्यालयमा नै दुखद वातावरण सिर्जना गर्न लगाउनु यो कहाँको न्याय भन्नुभयो। यस विषयबाट आफू ज्यादै दुःखी भएको भन्दै सम्बन्धित निकायमा मुद्दा दायर गर्न गए पनि मुद्दा नलिएको हुनाले आफू आवश्यक पर्यो भने किटानी जाहेरी सहित मुद्दा पेश गर्न सक्ने बताउनुभयो।

यही विषयमा वास्तविक सत्यतथ्य के हो भनेर हामीले कास्की जिल्ला प्रशासन कार्यालय का प्रमुख भरतमणि पाण्डे सरसँग फोन मा कुराकानी गरेका थियौ। कुराकानीका क्रममा अदालतको फैसला अनुसार आमाको नामबाट प्रक्रिया मिलाएर नागरिकता बन्नको लागि सहजीकरण हुने खालका कागजपत्र सिफारिस लिएर आउनुस भनेको बिषयलाइ लिएर राय थर गरेको व्यक्तिलाई थापा नै बनाएर ल्याउनुस् भन्ने कुरा गर्नु पनि हुँदैन गरिएको पनि छैन भन्नुभयो। कसैले आवेशमा केही भन्नुभयो होला त्यसको जवाफ उहाँले नै दिनुपर्छ भन्नुभयो। हामीले त अदालतको आदेश, फैसला अनुसार प्रक्रिया मिलाएर नागरिकता बन्ने भएपछि सबै अधिकार स्थानीय सरकारलाई भएको हुनाले वडा बाट पठाएको सिफारिस अनुसार नै हामीले नागरिकता बनाउने हो भन्नुभयो।स्थानीय सरकारले हामिलाइ सहजीकरण गर्नुभएन भने त्यो नागरिकता बन्दैन जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणि पाण्डेले हामीलाई बताउनुभयो ।

यही विषयमा हामीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग पनि फोन सम्पर्क गरेका थियौं उहाँका अनुसार थर नै परिवर्तन गरेर रायलाई थापा बनाउने सिफारिस जनप्रतिनिधिले गर्न सक्दैन र गर्नु पनि हुँदैन , कसैले डर धाक धम्की देखाउनुभएको छ भने त्यस्तो कार्य गलत हो कानुनी कारबाही हुन्छ भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्: