Worldlink Communications

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीमा सञ्चालित योजनाहरुको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न

माघ ७ पोखरा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा चालू आर्थिक बर्ष २०८१/८२ को बिकास प्रशासन तर्फ का सघिय,प्रदेश तथा स्थानीय तह बाट सचालित योजनाहरुको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम को शुभारम्भ जिसस प्रमुख लिलाधर पौडेलले गमला मा जल सिचित गरेर कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो । कार्यक्रममा संघ प्रदेश तथा स्थानीय तहबाट सञ्चालित योजनाहरू को आज सम्मको अर्धवार्षिकी प्रगति बिवरण, योजनाहरूको अबस्थाको बारेमा करिब पुर्बधार बिकास कार्यलय लगायत १६ वटा कार्यलयले अआफ्नो प्रस्तुति राख्नुभएको थियो। प्रस्तुतिकरणका बेलामा उठेका विषयमा रहेर छलफल गर्दै जानकारी लिनेर दिने कार्य गर्दै कार्यक्रम अगाडि बढेको थियो।

जस अनुसार कास्की जिल्ला को सघिय सरकार को पुजिगत खर्च १६.९८ प्रतिशत ,प्रदेश सरकार को पुजिगत खर्च १६ प्रतिसत मात्रै खर्च हुन गएको देखिन्छ ।खर्च को तुलनामा राजस्व निकै कम उठेको देखियो। बजेटको अभावमा बहुबर्शिय योजना सम्पन्न हुन नसक्ने अबस्थामा रहेकोे प्रत्येक कार्यालयको प्रस्तुतिकरणबाट प्रष्ट देख्न सकिन्थ्यो।

कार्यक्रम को अध्यक्षता गर्दै जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले कामको गुणस्तरमा परिक्षण गर्नुपर्ने, ध्यान दिनुपर्ने बताउनुभयो। बहुवर्षीय योजना शुरु गर्नु भन्दा अगाडि चालू र निर्माणधिन योजना सम्पन्न गर्नुपर्ने, सार्बजनिक खर्च नतिजा मुखी, उत्पादन मुखी हुनुपर्ने ,आपत कालिन अबस्था, बिपदको अबस्था बाट क्षती हुनगएका योजना तत्काल मर्मत गर्न सक्ने बजेटको ब्यबस्था गर्नुपर्ने ,सरोकारवाला निकाय र सेवा प्रदायक कार्यलय को बीचमा समन्वय बढाउन ,सन्तुलन बिकास मा जोड दिन, बहुबर्शिय योजना पनि कानुनी दायारा मा ल्याइ योजना र बजेट को सुनिश्चितता गर्न सक्नुपर्ने ,आगलागीबाट खानेपानीका पाइप मा पुगेको बिगत को क्षतीबाट पाठ सिक्नुपर्ने बताउनुभयो।

स्थानीय तहका जनप्रतिनिधि , प्रमुख प्रशासकीय अधिकृत , जिसस पदाधिकारी ,प्राबिधिक कर्मचारी ,कोलेनिका प्रमुख सघ र प्रदेश ,पत्रकार सम्मीलित समिक्षा कार्यक्रम को स्वागत मन्तव्य उप प्रमुख सरिता मालले गर्नुभएको सो कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: