१३औं पोखरा महोत्सव सम्पन्न,युनाईटेड क्लब पोखराले सामाजिक कामलाई अगाडी वढाइरहेको धनराज आचार्य
माघ ७ , पोखरा ।
पौष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ ।
महोत्सवको प्रमुख अतिथि धनराज आचार्यले कार्यक्रमलाई समापन गर्दै युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी वढाइरहेको आफुले प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउनुभयो ।
युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा निर्माण गर्न लागेका युनाईटेड छात्राबास निर्माणका लागि पोखरा महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको छात्राबास निर्माणमा महानगरको तर्फबाट हुने आर्थिक र नैतिक सहयोग समेत रहने मेयर आचार्यले बताउनुभयो ।
त्यसैगरी युनाईटेड क्लब पोखराले स्थापना कालदेखिनै क्यालेण्डरमा समावेश गरी पोखरा महोत्सव सञ्चालन गर्दै आइरहेको र महोत्सव सञ्चालन अवधिको समेत कर तिरेर आफुलाई अब्बल संस्थाको रुपमा उभ्याएको बताउदै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लब को सिको गर्नुपर्ने बनाइराख्नुभयो।
विशिष्ट अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले युनाइटेड क्लब पोखराले महोत्सवको मात्र आयोजना नगरी भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको बताउनुभयो। विगतका संस्करणका महोत्सवहरुमा समेत गण्डकी प्रज्ञा प्रतिस्ठानको तर्फबाट साथ र सहयोग प्रदान गरिरहेको बताउदै बिखर्चीले आगामी संस्करणमा समेत सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले पोखरा महोत्सव शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो। प्रहरी उपरीक्षक ओलियाले यो महोत्सव महोत्सव मात्र नभइ महा उत्सव भएको वताउदै युनाईटेड क्लब संग सहकार्य गरेर सामाजिक विकृति र विसंगती विरुद्धको क्रियाकलापमा सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनुभयो।
युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको कर समेत तिर्दै आइरहेको भएतापनि क्लबलाई दोहोरो तेहेरो करको दायरामा पार्ने गरी दुख दिने काम गरेको बताउदै त्यस तर्फ महानगरका मेयर समक्ष सहजीकरण गरिदिन आग्रह गर्नुभयो।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सञ्चालन गरेको सामाजिक कार्यको प्रशंसा गर्दै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबले जस्तै काम गरेर समाज रुपान्तरणमा सहयोग गर्नुपर्ने बताउनुभयो।
त्यस्तै समाजकल्याण परिषदका उपाध्यक्ष तथा पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य परमेश्वर कार्कीले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्नु आफैमा प्रशंसनीय काम भएको र आफु जनप्रतिनिधी समेत रहेकाले युनाईटेड क्लबको हरेक क्रियाकलापमा साथ र समर्थन रहने बताउनुभयो ।
अमरसिंह मा.वि का प्रध्यानाध्यापक शेर बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो भने क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई भव्य र सभ्य रूपले युनाईटेड क्लबका महासचिव तथा तेह्रो पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । महोत्सवको अन्तिम दिन लोकदोहोरी गायक गायिका चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिनु भएको थियो भने सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।