‘मैले पर्दाफास गर्दै गए भने नाकमुख देखाउन गाह्रो होला’- ज्वाला संग्रौला
![](https://www.paribartannews.com/wp-content/uploads/2025/01/FB_IMG_1738112780512-614x768.jpg)
माघ १६, काठमाडौं
![](https://www.paribartannews.com/wp-content/uploads/2025/02/Messenger_creation_0F95B7CD-C4F4-4A13-9A3E-CB28D83C0517.gif)
![](https://www.paribartannews.com/wp-content/uploads/2025/01/GIF-212c0f90a6f7cc4c5a935a7bb4e34721.gif)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफूलाई विरोध गर्नेहरूलाई कडा चेतावनी दिनुभएको छ। उहाले सामाजिक सञ्जालमार्फत अघिल्लो बिगत खोतल्दै जाने हो भने अहिले आफूलाई ‘रास्वपा हुँ’ भनिरहेकाहरू कुनै न कुनै काण्डमा मुछिएको दाबी गर्नुभएको छ।
उहाले यो विषयको उठान संग्रौलाले आफ्नो फेसबुकवालमा लेख्नुभएको हो। ‘जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको बिगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला, महोदय! तसर्थ संयमित बन्नुहोस्।’
उनले आफ्नो आलोचना गर्नेलाई लक्षित गर्दै लेख्नु हुन्छ, ‘मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि सच्याएर तीन वटा स्पष्टीकरण सहितका स्टाटस लेख्दा पनि मलाई खेद्न छोडेका छैनन्। तर म कतै बिचलित भएकी छैन। किनभने यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकालो चढेको निकै साल भइसक्यो।’
संग्रौलाले चुनावी अभियानका क्रममा आर्थिक अपचलनका कारण निलम्बनमा परेका ‘भूतपूर्व’हरूले आफूविरुद्ध बोल्नु सुहाउँदो नभएको बताउनुभएको छ । ‘मैले कुनै अपराध गरेकी छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको धन्दा गरेको छैन।’
उहाँले अझै स्पष्ट पार्दै भन्नुभएको छ “आफू रास्वपा सभापति रवि लामिछानेकै कारण पार्टीमा टिकिरहेकोले आवश्यक परे आफ्नो अभिव्यक्तिबारे पार्टीको अनुशासन समितिलाई जवाफ दिन तयार रहेको बताउनु भएको छ। ‘मेरो अभिव्यक्तिको विषयमा पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा जुनसुकै ठाउँमा उभिएर पनि जवाफ दिन तयार छु।’
संग्रौलाले आफू यो पार्टीमा लाग्नुको कारण आफ्नो दुधे बच्चाको भविष्य पनि जोडिएको बताउँदै आफ्नो अडान कायम रहने संकेत गर्नुभएको छ। – स्रोत ताजा खबर
![](https://www.paribartannews.com/wp-content/uploads/2025/02/Messenger_creation_0F95B7CD-C4F4-4A13-9A3E-CB28D83C0517.gif)
![](https://www.paribartannews.com/wp-content/uploads/2025/01/Screenshot_20250127-083511_Messenger.jpg)
![](https://www.paribartannews.com/wp-content/uploads/2025/02/gandaki-pradesh.gif)