स्थानीय तहका वालवालिका शाखामा कार्यरत कर्मचारीहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
माघ २२ , पोखरा
कास्की जिल्ला अन्तर्गत रहेका नगरपालिका र गाउँपालिकाको स्थानीय तहमा कार्यरत महिला तथा बालबालिका शाखाका कर्मचारी र सामाजिक विकास समितिका पदाधिकारीहरुलाई बालबालिका हरूका हक अधिकार सम्बन्धी जानकारी दिने हेतुले सञ्चालित भएको दुई दिने अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा यही माग २१ र २२ दुई दिन सम्म चलेको कार्यक्रमको समापन कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले कास्की जिल्लाका विभिन्न कार्यालयमा रहेर बालिकाको हकहितको निम्ति काम गर्दै आउनु भएका कर्मचारीहरूलाई बालबालिकाहरूको हकहित र अधिकार को निम्ति दिइएको अभिमुखीकरण कार्यक्रम अत्याधिकै राम्रो भएको, फलदायी भएको, उपयोगी भएकोले यो सफल कार्यक्रम लाई अझै सफल बनाउनको लागि भूमिका खेल्ने सामाजिक विकास कार्यालय कास्कीलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी जनाउने सम्पूर्ण सहभागीहरुले आफ्नो ज्ञान सिप आफूसँग नराखी बाड्ने प्रवृत्ति बसालियो भने पक्कै पनि समाज परिवर्तन हुन्छ भन्नुभयो।
प्रमुख अतिथि आचार्यले यस किसिमका कार्यक्रमहरू सामाजिक विकास कार्यालयले मात्र गरेर सम्भव नहुने भएको हुनाले स्थानीय स्तरमा पनि यस किसिमका कार्यक्रम गर्नको लागि बजेट छुट्याएर गर्न सकेमा अझै राम्रो हुने बताउनुभयो। अहिलेको परिवेशमा एकले अर्कोलाई यसो गर्दिनुस् न उसो गर्दिनुस्न भन्दा पनि व्यक्तिमा स्व- जागरण आउनुपर्ने बताउनुभयो जसले गर्दाखेरि व्यक्तिहरू लाई उपचार गर्नको लागि हस्पिटल होइन अब मन सफा गर्ने, मनमा खुसी बनाउने कार्य गर्ने स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको विकास हुन्छ भन्ने धारणा राख्न सकियो भने हस्पिटल बनाइरहनुपर्छ भन्ने छैन त्यसको लागि व्यक्तिमा नै स्व- जागरण ल्याउन र हुन जरुरी छ भन्नुभयो।
विगतका दिनहरूमा यस किसिमका तालिमहरूले अभिमुखीकरण हरूले समाजमा पछाडि पारेको वर्ग भनेर चिनिएका कर्मले ठगिएको भनेर चिनिएका समूह लाई माथि उठाउनको लागि गरिएको भएपनि यस किसिमका कार्यक्रमहरु ले सधैंभरि उनीहरूलाई सुसुचित नगरेको हुनाले यस किसिमका कार्यक्रमहरूले दीर्घकालीन काम नगर्ने भएको हुनाले आगामी दिनमा हस्पिटल बनाएर, व्यक्तिलाई तालिम दिएर व्यक्तिको पैसा सकेर भन्दा पनि व्यक्तिको सोचमा परिवर्तन सँगै हृदयदेखि नै स्व जागरण ल्याउने खालका योगा हरु दिएर गरेर मस्तिष्कबाट नै मैले केही गर्नुपर्छ। म स्वस्थ छु। म खुसी छु। भन्ने वातावरण सिर्जना गर्न सकियो भने मात्र तालिमको महत्व रहने बताउनुभयो।
कार्यक्रमको समापन सँगै तालिममा सहभागीहरूले दुई दिने कार्यक्रमबाट वास्तविकता के सिक्नुभयो त के परिवर्तन आयो त भन्दै मादी गाउँपालिकाकी कनक कुमारी गुरुङले आफ्ना दुई दिने तालिममा भएका पाएका ज्ञानहरू सुनाउनुभएको थियो। कार्यक्रमले बालविवाह लगायत बालहितको विषयमा रहेर गरिएको अभिमुखी करण कार्यक्रमले आफूलाई केही गरौं भन्ने केही गर्नुपर्छ भन्ने जागरण आएको बताउनु भयो।
त्यस्तैगरी पुरुष सहभागीको तर्फबाट रूपा गाउँपालिकाका कृष्णराज सुवेदीले दुई दिने कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र विशेष संवेदनशील विषयमा अभिमुखीकरण हुन पाएकोमा अत्यन्तै खुसी लागेको बताउनुभयो । रुपा गाउँपालिकाकै प्रसङ्गमा भन्ने हो भने गर्भवती महिलाले आफ्नो स्वास्थ्य चेकअप गराउन आउँदा रुपा गाउँपालिकाले प्रत्येकपटक आउँदा एक क्रेट अण्डा दिएर पठाउने गरेको बताउनु भएको थियो।
सामाजिक विकास कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको दुई दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पौडेलले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यस किसिमका अभिमुखीकरण कार्यक्रम हरू हरेक स्थानीय निकायले थोरै भएपनि बजेट निकासा गरेर विभिन्न आमा समूहहरू लाई अभिमुखीकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो।
दुई दिने कार्यक्रमको प्रमुख प्रशिक्षकको पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख निर्मला शर्मा र दोस्रो दिन राष्ट्रिय बालअधिकार परिषद प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले प्रशिक्षण दिनुभएको सो कार्यक्रम भव्य र सभ्य रुपले कार्यालयका कर्मचारी ज्ञान प्रसाद सुवेदीले सञ्चालन गर्नुभएको थियो।