Worldlink Communications

पोखरा महानगरपालिका–६ का स्थानियहरुको एउटै आवाज –“कोटिहोम कुनै हालतमा हुनुपर्छ ”

फागुन ६, पोखरा

मानव सेवा फाउण्डेसन नेपालले वार्ड नं. ६ मा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्थानियहरुले कोटिहोम हुँदा समग्र पोखरालाई विश्व सामू चिनाउन सहयोग हुन्छ त्यसैले पनि कोटिहोम हुनुपर्छ भन्नुभएको थियो।

आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखरामा हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबारे पोखरा महानगरपालिका वार्ड नं. ६ का लब्धप्रतिष्ठित व्यक्तिहरुले ड्यामसाईड क्षेत्रमा कुनै हालतमा पनि कोटिहोम हुनुपर्ने भन्ने आवाज राख्नुभएको थियो। ।

सोमबार आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले वार्ड नं. ६ मा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरुसँग कोटिहोमबारे एक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानियहरुले कोटिहोम ड्यासाइड क्षेत्रमा आयोजना हुँदा ड्यामसाइड क्षेत्रमा रहेका होटल व्यवसायि तथा पर्यटन व्यवसायिलाई भरपुर फाइदा हुनुको साथै सकारात्मक ऊर्जा र संस्कारको पनि विकास हुने धारणा राख्नुभएको थियो। ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रतिक्रिया राख्दै विश्व हिन्दु महासंघ पोखरा महानगरपालिका–६ का अध्यक्ष तुलसी दाहालले कोटिहोम महायज्ञको विषयमा अनावस्यक प्रचार गर्नु हिन्दु धर्मप्रतिको प्रहार भइरहेको समयमा “कोटिहोमको विषयमा तथ्यहिन टिप्पडी गर्नु हाम्रो लागि अन्तन्तै दुखद कुरा हो भन्नुभएको थियो ।” –“कोटिहोम आयोजना हुँदा समग्र पोखरालाई विश्व सामू चिनाउन सहयोग हुन्छ । त्यसैले कोटिहोम कुनै हालतमा हुनै पर्छ । हाम्रो शतप्रतिशत समर्थन छ ।” भन्नु भएको थियो।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रतिकृया राख्दै लिलबारी टोल बिकास समितीका अध्यक्ष टिकाराम परियालले पनि कोटिहोम ड्यामसाइड मा हुनुपर्ने कुरा राख्दै –“यो हाम्रो लागि ठूलो अवसर हो भन्नुभएको थियो ‌कोटिहोम गर्दा हामी सबैलाई फाइदै फाइदा भएको हुनाले यो रोक्न खोज्ने,छेक्न खोज्ने प्रयास कहि कतैबाट नहोस् भन्नुभएको थियो । कोटिहोम कुनै पनि हालतमा हुनै पर्छ, हुन्छ हाम्रो पूर्ण साथ र समर्थन छ । ” भन्नु भएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. ६ मा रहेको महिला समूहको सञ्जाल,महिला सञ्जालकी अध्यक्ष बबिता मल्ले पनि कोटिहोम हुने कुराले उत्साहित भएको बताउनुभएको थियो। सरसफाईको क्षेत्रलाई विशेष ध्यानमा राखेर कोटिहोम सञ्चालन गर्दा महिला समूहको पूर्ण साथ र समर्थन रहेको पनि उनले बताउनुभएको थियो।

त्यस्तै पोखरा युवा परिषदका अध्यक्ष डिफान भुजेलले पनि दिनदाहाडै लागुऔषधमा फसेका र दिनरात कन्सटले ध्वनी प्रदुषण गरेर समाजमा विकृती फैलिदा कसैको ध्यान नजाने तर यति ठूलो धार्मिक कार्यमा बाधा पुराउने कार्य कुनै हालतमा सैय नहुने बताउनुभएको थियो ।

कोटिहोमको हर हिसावकिताब देखि लिएर सबै पक्षलाई पारर्दशी गरेर कोटिहोम गर्दा आफ्नो समर्थन रहेको कुरा बताउँदै – “मलाई लाग्छ,यो कोटिहोमले निरन्तर घाटामा रहेका होटेल व्यवसायिलाई माथी उकास्ने अनि संस्कार र सस्कृती अनि धर्मको उजागर गर्ने सुनौलो अवसर हो । ” भन्नुभएको थियो।

त्यस्तै होटल संघ पोखराका सदस्य विवेक गौतमले पनि पोखराको लेकसाइडमा हुन लागेको कोटिहोमले सबैभन्दा बढि खुशी होटल व्यबसायि रहेको बताउदै कोटिहोम हुनुपर्ने उनको तर्क राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित भएका दर्जनौ स्थानियहरुले कोटिहोम कुनै हालतमा हुनुपर्ने बताउनुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा कोटिहोम महायज्ञ बारे कोटिहोमका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिनुभएको थियो। कार्यक्रममा वार्ड नं. का सदस्य पवित्रा थापा, स्थानिय बुद्धिजीवी तथा धर्मप्रेमी गीरीराज अधिकारी,वार्ड स्थित आमा समूहका पधादिकारी,होटलसंघका प्रतिनिधी,टोल बिकास समितीका पधादिकारी लगायतको सहभागीतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: