बिन्ध्यस्वरी युवा क्लब द्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा १६ टिमले सुरुवाती प्रतिस्पर्धा गरे


फागुन ९ , पोखरा


पोखरा १९ तल्लाकोट ठाटीमा फागुन ७ गते बाट १० गते सम्म जारिरहने बिन्ध्यस्वरी युवा क्लब द्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा ४ दिन सम्म सञ्चालन गरिने भएको छ।
फागुन ७ गते उद्घघाटन भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वार्ड नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो भने समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु शैक्षिक व्यक्तिहरु विभिन्न पार्टी ,संघ संस्था , आमा समूहमा आबद्ध व्यक्तित्वहरु को समउपस्थितिमा २०८१ भलिबल प्रतियोगिताको कार्यक्रमको उद्घघाटन गरिएको थियो।
कार्यक्रममा १५ देखि २० टीमले भाग लिने भनिएपनि १६ टीमले दर्ता गराएकोमा आज तेस्रो दिन सेमीफाइनल गेम सकिएको छ।बिन्ध्यस्वरी युवा क्लब पोखरा १९ को आयोजनामा तल्लाकोट ठाटीमा जारी प्रतियोगितामा शुक्रबार सम्म भएको सेमीफाइनल खेलमा फागुन ७ गते मंगलबार कार्यक्रमको उद्घघाटन पछि सुरुभएको खेलमा अर्मलाकोट युवा क्लब भर्सेस भलाम युनाइटेड। क्लब बीच भएको खेलमा अर्मलाकोट युवा क्लबले विजय हात पारेको छ ।
फागुन ७ गते मंगलबारनै भएको खेलमा बिन्ध्यस्वरी मा .बि .र नवसिर्जनशील युवा क्लब पुरुन्चौर बीच भएको भिडन्तमा नवसिर्जन शील युवा क्लब पुरुन्चौरले विजय हात पारेको थियो। त्यस्तैगरी ८ गते बुधबार भएको सिटि एजुकेशन vs फेरि भेटौला युवा क्लब बीच भएको गेममा सिटी एजुकेसनले विजय हासिल गरेको थियो। त्यस्तैगरी चापाकोट भर्सेस बिन्ध्यस्वरी बीच भएको खेलमा चापाकोट युवा क्लबले विजय हात पारेको थियो।
धम्पुस मिलन युवा क्लब भर्सेस ग्रीन फोर्स युवा क्लब भुर्जुङखोला बीच भएको खेलमा ग्रीनफोर्स भुर्जुङ खोलाले विजय हासिल गरेको थियो। घलेल बौद्ध सिर्जना युवा क्लब भर्सेस ठकुरी समाज बाबियो तारा बीच भएको खेलमा ठकुरी समाज विजय भएको थियो। आदर्श नेपाली तल्लो घाचोक भर्सेस हिमाली डाँफे करुवा बीच भएको खेलमा हिमाली डाफे करुवा विजय हासिल भएको थियो। बिजी गाइज भर्सेस सिन्दुजुरे देउराली बीच भएको खेलमा सिन्दुजुरे देउराली विजय भएको थियो।
फागुन ९ गते शुक्रबार भएको दोस्रो तालिकाको खेल सिटी एजुकेसन भर्सेस बिन्ध्यस्वरी बि बीच भएको खेलमा सिटी एजुकेसन ले विजय हासिल गरेको थियो। त्यस्तैगरी अर्मलाकोट युवा क्लब भर्सेस युवा क्लब भुर्जुङ खोला बीच भएको प्रतिस्पर्धामा ग्रीन फोर्स युवा क्लबले विजय हासिल गरेको थियो। त्यस्तैगरी त्यस्तैगरी ठकुरी समाज तनहुँ र चापाकोट युवा क्लब स्याङ्जाबीच भएको खेलमा ठकुरी समाज तनहुले विजय हासिल गरेको थियो। त्यस्तैगरी नवसिर्जनशील युवा क्लब पुरुन्चोर र हिमाली डाँफे करुवाबीच भएको प्रतिस्पर्धामा हिमाली डाफे करुवाले विजय हासिल गरेको थियो।
प्रतियोगिताको बिजेताले नगद ६० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दुबै तर्फका टिमले उपविजेताले ४० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भलिबल प्रतियोगिता का संयोजक प्रेमबहादुर भुजेलले जानकारी दिनुभयो।



