सूर्योदय अङ्ग्रेजी माध्यमिक विद्यालयको ४०औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न


फागुन १०, पोखरा


सूर्योदय अङ्ग्रेजी माध्यमिक विद्यालयले आज आफ्नो ४०औ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
पोखरा महानगरपालिका वडा न. १६ को दिपमा रहेको सूर्योदय अङ्ग्रेजी माध्यमिक विद्यालयको चालिसौँ वार्षिक उत्सव विद्यालय कै प्रांगणमा गरिएको थियो।जहाँ शिक्षक, विद्यार्थी, अभिभावक तथा अतिथिहरू को उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसका जी गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विखर्चिले पानसमा दीप प्रज्वलन गरी उद्घघाटन गर्दै प्रमुख अतिथिले शिक्षा व्यक्तिमा मात्र नभई व्यवहारमै हुनुपर्छ भन्दै त्यसको साथसाथै अतिरिक्त क्रियाकलाप हरूको पनि त्यत्तिकै आवश्यकता रहेको बताउनुभयो।
आजको वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुति, नृत्य, नाटक, गायन तथा कविता वाचन प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।वार्षिक उत्सवको शुभअवसरमा आयोजित शैक्षिक, खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप हरूमा उत्कृष्ट प्रदर्शन गर्ने सबै विद्यार्थी हरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय को उपलब्धि र भविष्यका योजनाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा अभिभावकहरूको तर्फबाट बोल्ने वक्ताहरूले विद्यालयको प्रगति र विद्यार्थीको उन्नतिमा खुशी व्यक्त गर्नुभएको थियो।
अन्त्यमा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसकाजी गुरुङ ले धन्यवाद ज्ञापन गर्दै सहभागी सबैलाई आगामी दिनमा अझ राम्रो कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सो कार्यक्रम भव्य र सभ्य रूपले विद्यालयका शिक्षक तीर्थ सुवेदीले सञ्चालन गर्नुभएको थियो।



