Worldlink Communications

बिन्ध्यस्वरी युवा क्लब द्वारा आयोजित २७औ भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज तनहुँको पोल्टामा

फागुन १०, पोखरा

फागुन ७ गतेदेखि पोखरा महानगरपालिका वार्ड नं.१९ पुरुन्चौर तल्लाकोटमा रहेको बिन्देश्वरी युवा क्लबले सञ्चालन गरेको भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज तनहुँको पोल्टामा परेको छ ‌

रोमाञ्चक फाइनल भिडन्तमा ठकुरी समाज तनहुले हिमाली डाँफे करुवालाई लाई पराजित गर्दै भलिबल प्रतियोगिताको फाईनल उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो।

फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक तरिकाले भएको थियो। पहिलो र दोस्रो सेट लगातार  जित निकालेको ठकुरी समाजले आक्रामक खेल प्रदर्शन गर्दै दुवैपटक झिनो स्कोरको फरकमा जित हात पारेको हो।

विजेता टिम ठकुरी समाज  र उप बिजेता टिम हिमाली डाँफे दुबै टीमलाई नगद पुरस्कार रकम/ट्रफी प्रदान गरियो भने विषयगत रूपमा उत्कृष्ट खेलाडी सहित अन्य बिधामा उत्कृष्ट खेलाडीहरूलाई उपाधि प्रदान गरिएको थियो। खेल समापनसँगै समर्थकहरू खुसीले झुमेका थिए ।

प्रतिक्रिया दिनुहोस्: