Worldlink Communications

कास्की जिल्ला समन्वय प्रमुख भन्नुहुन्छ -सरकारले छुट्याएको विकास बजेट समयमा किन खर्च हुँदैन

फागुन ११, पोखरा

कास्की जिल्ला समन्वयको आयोजनामा संघ तथा प्रदेशका विषय गत सेवा प्रवाह कार्यालयहरूको अर्धवार्षिकी समीक्षा छलफल कार्यक्रम समन्वय प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै “सरकारले छुट्याएको विकास बजेट समयमा किन खर्च हुँदैन ” ? भन्नुभयो।

समन्वय प्रमुख पौडेलले सङ्घ तथा प्रदेशका विषयगत सेवा प्रवाह का कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रममा कार्यालयहरू को पुँजीगत खर्चको अवस्था ज्यादै चिन्ताजनक देखिएको भन्दै तत्काल कमी कमजोरी सच्याउन आग्रह गर्नुभयो।

आर्थिक वर्षको बाँकी अवधि राम्रो बनाउन आग्रह गर्दै योजना अनुसारको खर्च नहुँदा विकास निर्माण र सेवा प्रवाहका अवस्था प्रभावित हुने भएको हुँदा कार्यालयहरूले पुँजीगत खर्च बढाउन आवश्यक सम्पूर्ण काम पूरा गर्न कास्कीका कार्यालयहरुलाई आग्रह गर्नुभयो ।

एउटा व्यक्ति वा संस्थालाई दोहोरो अनुदान किन र केका लागि कसरी पाउछन ? यो पावर शक्ति केन्द्रहरू धाएर पाउने प्रवृत्ति रोक्नुपर्छ भन्नुभयो साथै कृषि तथा पशु बिज्ञ केन्द्रबाट दिईने सुचना तल्लो तह वडासम्म जालझेल नगरिकन पुग्नुपर्ने कुराको सबैको उत्तिकै चासो र ध्यान रहनुपर्ने भन्दै यस विषयहरूमा सबै मिलेर आवाज उठाउनुपर्ने भएको छ भन्नुभयो।

कार्यक्रमका सहभागीहरूले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन, जहिले पनि वर्षा लागेपछि  डेङ्गु रोगका कारण बेलैमा रोकथामका उपायहरु अपनाउन समयमै उचित निदानका उपाय गर्नुपर्ने, बाझो जग्गालाई सही सदुपयोग गर्नको लागि खेतीयोग्य जमिनमा बढीभन्दा बढी सिँचाइमा जोड दिनुपर्नेमा, बाझो जमिनमा किसानहरूले पोटास मलको प्रयोग बढाउदै रैथानेबाली संरक्षण र प्रोत्साहन गर्ने , महिला उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने जस्ता विषय हरू टड्कारो रूपमा उठेका थिए।

कास्की जिल्लाभित्र रहेका सघ तथा प्रदेशका बिषयगत विभिन्न सेवाप्रबाहिहरुकोमा पुगि माटो परिक्षणको लागि तालिका बनाई स्थानीय तहसम्मै पुगी माटो परिक्षण गर्नुपर्ने ,डिभिजन वनकार्यलय संग समन्वय गरि वनजङ्गलका पात पतिङरलाई जैविक मल बनाउने जस्ता कार्यमा अनुदान दिनुपर्ने, बिषादिको लाइसेन्सको लागि प्रदेश ले कानुन बनाउनु पर्नेमा जोडदार रुपमा माग उठेको थियो।

कार्यक्रममा सामाजिक सुरक्षा कृषि ज्ञान केन्द्र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई शिक्षा विकास र समन्वय इकाई पर्यटन तथा उद्योग कार्यालय भेटनरी अस्पताल पशुविज्ञ केन्द्र गण्डकी आयुर्वेद अस्पताल श्रम तथा रोजगार कार्यालय डिभिजन वन कार्यालय का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम मा सामाजिक सुरक्षा कोष , प्रदेश जनस्वास्थ्य कार्यलय, कृषि ज्ञान केन्द्र प्रधानमन्त्री कृषि आधुनिकि करण परियोजना कार्यन्यन ईकाई ,शिक्षा बिकास तथा समन्वय ईकाई ,पर्यटन तथा उधोग कार्यलय ,भेटनारी अस्पताल, तथा पशु बिज्ञ केन्द्र ,गण्डकी आयुर्वेद अस्पताल ,श्रम तथा रोजगार कार्यलय, डिभिजन बनकार्यलयका प्रमुख हरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सहजीकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: