Worldlink Communications

पोखरा नयाँ स्केटपार्क: एक्सट्रीम स्पोर्ट्सप्रेमीका लागि नयाँ गन्तव्य

फागुन ११, पोखरा

काठमाडौँमा मात्र नभई अब पोखरामा पनि स्टेकपार्क एक्सट्रीम स्पोर्ट्स प्रेमीहरूका लागि खुसीको खबर आएको छ।

दशकौं वर्ष कोरियामा बसेर आएका तीनजना युवाहरूले राजधानी पोखरा महानगरपालिकाको लेखनाथमा नयाँ स्टेक पार्क बनाएका छन्। युवाहरूका लागि सुरक्षित खेल्ने वातावरण प्रदान गर्ने उद्देश्यले बनाइएको यो स्केटपार्क स्केटबोर्डिङ, बीएमएक्स, रोलर स्केटिङ, र स्कूटरका पारखीहरूका लागि उपयुक्त स्थान बन्ने अपेक्षा गरिएको छ।

युवाहरूको बढ्दो चासोको रूपमा हेरिएको स्टेक पार्क पोखरामा पनि खोल्नु खुसीको खबर भएको लेखनाथका स्थानीयवासीहरूले बताउनुभयो एक्सट्रीम स्पोर्ट्सको क्रेज बढ्दो छ।

विशेषगरी, स्केटबोर्डिङ र बीएमएक्स जस्ता खेलहरू नयाँ युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको स्टेक पार्क उपयुक्त खेल्ने स्थानको अभावमा खेलाडीहरू सडकमा जोखिम मोलेर अभ्यास गर्न बाध्य थिए। यो समस्या समाधान गर्न तीन युवाहरूको सहकार्यमा निजी क्षेत्र र खेलकुद संघहरूको पहलमा स्केटपार्क निर्माण गरिएको हो।

स्केटपार्कका विशेषता

नयाँ स्केटपार्कमा विभिन्न स्तरका खेलाडीहरूका लागि र्‍याम्प (ramps), क्वार्टर पाइप (quarter pipes), बाउल (bowls), रेल (rails), ह्याण्डरेल (handrails), र स्टेयर्स (stairs) जस्ता संरचनाहरू निर्माण गरिएका छन्। साथै, स्केटपार्कलाई सुरक्षित बनाउन सुरक्षा गार्डको व्यवस्था गरिएको छ भने खेलाडीहरूलाई आवश्यक प्रशिक्षण पनि दिइनेछ।

स्थानीय युवाको उत्साह स्केटपार्क खुल्ला भएसँगै युवाहरू निकै उत्साहित छन्। स्थानीय स्केटपार्क खेल्ने युवाहरू भन्नुहुन्छ स्थानीय”पहिला हामीलाई अभ्यास गर्न निकै गाह्रो हुन्थ्यो। अहिले भने स्केटपार्क खुलेपछि हामी ढुक्कसँग नयाँ ट्रिक्स सिक्न सक्छौं।”

नेपालमा स्केटबोर्डिङको सम्भावना -नेपालमा एक्सट्रीम स्पोर्ट्सको भर्खर मात्र विकास हुँदै गएको भए पनि अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीहरूलाई चिनाउने ठूलो सम्भावना छ। नेपाल स्केटबोर्डिङ एसोसिएसनका अध्यक्षका अनुसार, “यदि सरकारले यस्ता पूर्वा धारलाई निरन्तरता दियो भने नेपालबाट पनि उत्कृष्ट स्केटबोर्डर हरू विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छन्।”

निष्कर्षमा भन्नुपर्दा-नयाँ स्केटपार्कको निर्माणले पोखरामा एक्सट्रीम स्पोर्ट्सका लागि सकारात्मक संकेत दिएको छ। अबको चुनौती भनेको यसको उचित व्यवस्थापन र खेलाडीहरूलाई निरन्तर प्रशिक्षण दिने हो। यदि सरकारले यस्तो पहललाई देशभर विस्तार गर्ने हो भने, नेपालमा एक्सट्रीम स्पोर्ट्सको उज्जवल भविष्य हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्: