घान्द्रुक पर्यटन महोत्सव , घान्द्रुकको मौलिकता जोगाउन पर्नेमा जोड:अध्यक्ष केसी


फागुन अन्नपूर्ण गाउँपालिका


कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित घान्द्रुकमा आज देखि घान्द्रुक पर्यटन महोत्सव भएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन भएको छ ।
घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गर्नुभेको थियो । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिका का अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको हामीले घोषणा गरेका छौं भन्नुभयो।
अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार हो, यी चार वटा आधार मध्ये महत्वपूर्ण पर्यटन हो, अध्यक्ष केसीले पर्यटनबाट गाउँपालिकाले समृद्ध हासिल गर्न सक्दछ, त्यसैले हामीले धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ भन्नु भयो ।’ अध्यक्ष केसीले घान्द्रुक आउने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको बताउनु भयो ।
हिजो हाम्रो अर्गानिक गाउँ सबैले हेर्न आउने गाउँ आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाएपनि त्यसलाई फेरी मौलिकतामा ढालौं, हिजो हाम्रा जे परम्परा थिए, जे हेर्न आउथे त्यसलाई फेरी रुपान्तरण गरौं, भएकालाई राम्रो गरौं, घान्द्रुक अरु गाउँभन्दा भिन्न गाउँ हो’, अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभिरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन्, आएका पर्यटलाई बस्ने, घुम्ने वातावरण बनाउने हो सोच्न पर्ने छ,हिजोको घान्द्रुक भन्दा आजको घान्द्रुक भिन्न छ गुनासो छ, त्यसैले घान्द्रुकको मौलिकता जोगाउने गरी संरचना बनाउनु आजको आवश्यक हो भन्नु भयो ।’
घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हवको रुपमा अगाडि बढेको बताउनुभयो । एक्याप प्रमुख कडरिया घान्द्रुकबाट अन्नपूर्ण बेस क्यापसम्मको, घोडेपानी जाने, मुल्डे जाने र मुल्डेबाट छोम्रोब जाने नयाँ पर्यटन पदमार्गसँग जोडिएको त्यस्तै गरी मर्दी हिमाल जाने बाटाहरु भएका हिसाबले घान्द्रुक पर्यटनको हबको रुपमा अगाडि बढिरहेको देख्छु, कडरियाले भने घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीहरुले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’ भन्नुभयो
महोत्सवको उद्घाटन समारोहमा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङ्लाई सम्मान गरिएको थियो । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुबले भोलिदेखि खुल्ला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने बताउनु भयो।उहाका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमश १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रु पैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् भन्नु भयो ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुबले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ्ग जाने बाटो खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोब हुदै
अन्नपूर्ण बेस क्याप समेत जान सकिने आयोजक ले बताउनु भयो।




