Worldlink Communications

पोखरा १९ चुरुङ्गामा सञ्चालन भएको नवाहा श्रीमद्देवी भागवत ज्ञान महायज्ञबाट करिब एक करोड संकलन

चैत्र २५, पोखरा

पोखरा महानगरपालिका १९ चुरुङ्गामा चैत्र १६ गते देखि २५ गते दस दिनसम्म सन्चालन भएको श्रीदुर्गा पाञ्चायन मन्दिरको प्राण प्रतिष्ठा तथा श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञबाट करिब एक करोड सकलन गर्दै आज कार्यक्रम सम्पन्न गरेको छ ।

महायज्ञकाे समापन कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बाेल्दै उहाँले यस्ता यज्ञहरुले सभ्य समाज र अनुसासित नागरिक निर्माण गर्ने बताउनुभयाे।

मन्त्रीविन्दु कुमार थापाले आफ्नो मन्त्रालयले धार्मिक क्षेत्र मठ, मन्दिर, सामुदायिक भवनहरुकाे संरक्षण गर्ने जिम्मेवारी र दायित्व आफू नेतृत्वको मन्त्रालयकाे भएकाे बताउदै यश मन्दिरको भाैतिक पूर्वाधार निर्माणका लागि सहयाेग गर्ने प्रतिबद्वता ब्यक्त गर्नुभयाे।

पाेखरा महानगरपालिका वडा न. १९ का वडाअध्यक्ष पुष्पेन्द पाण्डेले चुरुङ्गाकाे दुर्गा मन्दिरले धार्मिक पर्यटन विकासमा सबै ले आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयाे ।महायज्ञमा आर्थिक, नैतिक र भाैतिक रपमा सहयाेग गर्नेहरुलाई धन्यवाद पत्र प्रदान गरिएकाे थियाे ।

नवहा श्रीमददेवी भागवतज्ञान महायज्ञको कथाबाचक प्रभाकर घिमिरे र रामणान‌्द गिरिजी महाराजले कथावाचन गर्नुभएको थियाे ।यो ज्ञान महायज्ञ अन्य ज्ञान महायज्ञ भन्दा फरक रुपमा संचालन भएको यो ज्ञान महायज्ञ साँच्चै नै ज्ञान महायज्ञ भएको उपस्थित विभिन्न आमा समूह विभिन्न संघसंस्था र विभिन्न व्यक्तित्व लगायत स्थानीयवासीहरूले परिवर्तन न्यूज डटकम बताउनुभएको थियो।

ज्ञान महायज्ञमा दैनिक वैदिक तरिकाले वाचन गरी मण्डप पुजा गरिएको र दैनिक देवी श्रीमद्भागवत कथावाचन गरिएको थियो भने कथावाचन समापनपछि आरती रर प्रसाद ग्रहण कार्यक्रम दैनिक जसो नै गरिएको थियो । महायज्ञमा ५ सय सम्मको भेटी दान गर्नेहरूको दानपत्रमा नाम लेखिएको  थियो भने ५ लाखभन्दा बढि दान गर्नेहरूलाई आजीवन सदस्यसहित अभिनन्दन गरिएकाे महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ढाकामोहन गौतमले जानकारी दिनुभयाे ।

महायज्ञ मूल आयोजक समितिका महासचिव गौतमका अनुसार चुरुङ्गास्थित ब्रह्मा विद्यापीठ परिसरमा महेश सन्यास आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी तथा विभिन्न सङ्घसंस्थाहरूको आर्थिक सहयोगबाट प्राप्त रु. २ करोड को लागतमा १३ वटा गजुर र भूमिगत गर्भ गृहसहितका ढुङ्गाको विशाल कलात्मक मन्दिर निर्माण गरिएको जानकारी दिनुभएको थियो भने मन्दिर निर्माणकार्यमा हालसम्म झण्डै एक करोड ७० लाख खर्च भैसकेको महासचिव गौतमले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्: