Worldlink Communications

कक्षा १२ का बिद्यार्थीलाई बिदाई गर्दै माउन्ट अन्नपूर्ण मा.वि

चैत २७ , पोखरा

पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण मा.वि. कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई  बिदाई गरिएको छ ।

कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो ।

कक्षा ११ का विद्यार्थी र बिद्यालयको संयोजनमा भएको कार्यक्रमको उद्घघाटन विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले गर्नुभएको थियो ।

उक्त अवसरमा बोल्दै प्रधानाङ्गले बिद्यार्थी बिदाई भएर गए पनि उनिहरु बिद्यालयको हिस्सा भएको बताउदै आगामि दिनहरुमा पनि बिद्यार्थीहरु सगँ सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै विदाई भएर जाँदै गरेका विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्नुभएको थियो।

विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै बिषय आफैमा व्यवहारिक विषय भएकोले यसैको जगमा सबै बिधार्थी उभिएर स्वरोजगार बन्न सक्नु पर्छ भन्दै आफ्नो जीवनको शैक्षिक मार्ग प्रशस्त हुने बाटो रोज्नु पर्ने सुझाव दिनुभयो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले बिद्यार्थीले गरेको सामाजिक काम र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई ठुलो योगदान पुगेको बताउनुभयो ।

कक्षा ११ का विद्यार्थीे छात्रा एड्रिना गुरुङले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताउनुभएको थियो।

बिदाई कार्यक्रममा बिद्यालयका अध्यक्ष प्रधानाङ्ग, प्राचार्य श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, एकेडेमिक डाइरेक्टर अशोक कुमार शाहि,पुर्व अध्यक्ष चिजकाजि गुरुङ,प्रशासक चित्र गुरुङ लगायतले विद्यार्थीलाई विदाई गर्नुभएको थियो।

विदाईको अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न फरक सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन पनि प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: