Worldlink Communications

बिन्देश्वरी युवा क्लब को खुला रक्तदान कार्यक्रममा ४३ यूनिट रगत संकलन

चैत्र २८, पोखरा

बिन्ध्यश्वरी युवा क्लव पाेखरा महानगरपालिका वडा न १९ तल्ला काेट ठाटीले नया वर्ष २०८२ काे शुभकामना आदनप्रदान, खुल्ला रक्तदान तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम क्लवका अध्यक्ष थम कुमार के सी ले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि वडा न १९ का वडा सदस्य विकास कुमार आचार्यले गर्नुभएको थियाे। कार्यक्रम काे उद्घघाटन प्रमुख अतिथि बाट क्लबको ब्यानरमा हस्ताक्षर गरी रक्तदाता लाई व्लड व्याग हस्तान्तरण गरि विधिवत रूपमा कार्यक्रम काे उद्वघाटन गर्नु भएकाे थियाे ।

कार्यक्रम क्लवकाे आफ्नाे वार्षिक नियमित कार्यक्रम रहेकाे छ। खुल्ला रक्तदान कार्यक्रम मा नेपाल रेडक्रस साेसाईटी प्रादेशिक  क्षेत्रीय रक्तसचार कार्यलय पाेखराकाे सहयाेगमा ४३ युनिट रगत संकलन गरिएको छ। आफ्नो शरीरको रगत हरेक तीन तीन महिनामा परिवर्तन भइरहने मूल्य मान्यतालाई बुझेर अरु कसैको जीवनलाई जीवन प्रदान गरिने कार्यक्रमलाई सफल गर्न सहयाेग गर्नुु हुने सवैलाई बधाई एवं शुभकामना टक्र्यानु भयो ।

मानिसको जीवनमा रगतको महत्त्वपूर्ण भूमिका हुन्छ जुन रगत अन्य कसैसँग कसैले पनि कसैगरी पनि कहीँबाट पनि उपलब्ध नहुने भएको हुनाले मानिसबाट नै मानिसको शरीरमा दिइने रगतको महत्वलाई बुझेर आगामी दिनमा पनि यसरी नै रगत दान गर्ने दान वीर हरू बढ्नुहुनेछ भन्ने आशा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा छिमेकी क्लवका अध्यक्ष एव पदाधिकारी ज्युहरू, क्लवका सल्लाहाकार ज्युुहरू, क्लवका पुर्व अध्यक्ष ज्युहरू, विभिन्न सघ सस्थाका अध्यक्ष एव प्रतिनिधि ज्युु हरू, आमा समुहका अध्यक्ष एव प्रतिनिधि ज्युहरू साथै क्लवका पदाधिकारी, आजिवन सदस्य र साधारण सदस्यकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा छिमेकी पात्ले युवा क्लव ले यश रक्तदान कार्यक्रममा आफ्ना सदस्यहरूलाई समेत सहभागी गराई कार्यक्रम सफल वनाउन सहयाेग गर्नु भएकाे थियाे हुँदा अध्यक्ष एव उपस्थित सदस्यहरूलाई  कार्यक्रमकाे सयाेजक एवं क्लवका उपाध्यक्ष श्री राम आचार्यले धन्यवाद व्यक्त गर्नुभएको गर्नु भएकाे थियाे भने कार्यक्रम सञ्चालन क्लवका महासचिव दिपेन्द्र ढुङगानाले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।।

प्रतिक्रिया दिनुहोस्: