कुमुदिनी होम्समा प्रथम एस.ई.ई. कप जारी खेलमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व



चैत्र २८, पोखरा
पोखरा ४ गैह्रापाटनको कुमुदिनी होम्समा एस् ई ई दिएर बसेका विभिन्न जिल्लाका विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि भइरहेको छ।
बुधवार सम्पन्न फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. (बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि., जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण, महेन्द्र, अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट मा. वि.(बेनी ), प्रगति (बि), अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छ ।
कुमुदिनी होम्स मा.वि., ग्लोबल कलेजियट, हिमालयन बोर्डिङ, जनप्रकाश मा.वि. (ए) र एस्.ओ.एस्.तेस्रो चरणमा (प्रि -क्वाटर) प्रवेश गरेको छन।
छात्रा बास्केटबलतर्फ बि.एम. जि. मा. वि. र साइनिङ स्टार सेमिफाइनल मा प्रवेश गरेको छ। त्यसै गरी छात्र बास्केटबलतर्फ सिर्जना, वेलनन एकेडेमी, जनप्रिय, विन्देश्वरी, भद्रकाली, बाराह मा. वि., भू.पू. सैनिक मा. वि. (वालिङ ), केफ मा. वि., गण्डकी बोर्डिङ, ग्लोबल, गलेश्वर आदर्श मा. वि. म्याग्दी र नेपाल आदर्श दोस्रो चरणमा प्रवेश गरेको छ ।
कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशाेक पालिखेले यस किसिमको कार्यक्रम पहिलाे पटक गरिएको भएपिन हामी निकै उत्साही भएका छाैं भन्नुभयो । यस्ता कार्यक्रमहरु गर्न पाए हुन्थ्यो भन्ने मनभित्रको चाहनाले बल्ल पूर्णता पाएकाे छ भन्नुभयो ।
विद्यार्थीहरूले एसइइ दिएर बसेको खालि समयलाइ कुनै न कुनै क्रियाकलापसंग जाेड्नुपर्छ भन्ने मान्यताका साथ कहि कम्प्युटर, कही प्रयाेगात्मक सिकाइ तथा कहि बिधार्थीहरुलाइ खेलमा समावेश गराएर वातावण मैत्री बनाउने हेतुले यसाे गरिएकाे हाे ।यस कार्यक्रममा कास्की लगायत काठमाडाैं सम्मका विद्यार्थी पनि सरिक भएका कुरा एस्.ई.ई. कप संयोजक विकाश ढुङ्गानाले जानकारी दिनुभयो।


