नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस समितिको दशौं अधिवेशन सम्पन्न



चैत्र २९ पोखरा
नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस समितिको दशौं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत पवित्रराज बराल निर्बाचित हुनुभएको छ।
समितिमा उपाध्यक्ष अर्जुन प्रसाद पोख्रेल, सचिव खिमानन्द पौडेल, सह-सचिव दुर्गा प्रसाद पौडेल, कोषाध्यक्ष गोविन्द सुवेदि तथा सदस्यहरु मित्र बहादुर सुनार, हरि ढकाल र सुरेन्द्र परियार निर्बाचित हुनुभएको छ।
अधिवेशनमा नव निर्वाचित स्ववियु अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको स्वागत तथा संगठनलाई सृजनात्मक कृयाकलापमा सदा साथ र सहयोग गर्ने प्राध्यापकहरु, प्रा डा बिकाश के शी , प्रा डा लेखनाथ भट्टराई, सह-प्रा डा नगेन्द्र बहादुर भण्डारी र उप प्राध्यापक बिजय अर्याललाई सम्मान गरिएको थियो।
संगठनका केन्द्रिय सचिव सह-प्रा डा कृष्णराज अधिकारीले उदघाटन गर्नु भएको कार्यक्रममा क्याम्पस समितिका उपाध्यक्ष सुनिल गौतमले उपस्थित संपुर्णलाई स्वागत गर्नु भयो। कार्यक्रममा स्वबियु अध्यक्ष बिष्णु पोख्रेल, त्रि बि प्राध्यापक संघ पृ ना क्या का सभापती डा लक्ष्मी शरण अधिकारी, संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष शेखरराज अधिकारी, संगठनका गण्डकि प्रदेश अध्यक्ष बिष्णु प्रसाद अधिकारी, केन्द्रिय सदस्यहरु भेषराज बराल, श्रीकान्त खतिवडा, गिरिधारी दाहाल, निमित्त क्याम्पस प्रमुख गजेन्द्र प्रसाद च्वाईंले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि कृष्णराज अधिकारीले संगठनका धारणा प्रस्तुत गर्नु भएको थियो। संगठनको अनुसाशनको सिमा भित्र रहन सकेमात्र पद्दति र प्रणालि लाई सिरोधार्य गर्न सकिने कुरा औल्याउनु भयो। वन्दसत्रमा संगठनका सचिव हिमलाल आचार्यले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष अर्जन प्रसाद पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो। संयोजक कृष्णराज अधिकारी र सदस्यहरु लाल बहादुर कुंवर, थानेश्वर सुवेदि, नगेन्द्र बहादुर भण्डारी तथा विष्णु प्रसाद अधिकारी सहित गरि पांच सदस्यीय अध्यक्ष मण्डलले प्रकृया पुरा गरि निर्वाचन सम्पन्न गरेको थियो।
नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष नविन प्यासी अधिकारी, लाल बहादुर कुवर र अध्यक्ष मण्डलका संयोजकले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो भने अधिवेशन को अध्यक्षता संगठनका अध्यक्ष नविन प्यासीले गर्नु भएको सो कार्यक्रमलाई भव्य र सभ्य रूपले संगठनका सचिव हिमलाल आचार्यले सञ्चालन गर्नुभएको थियो।


