Worldlink Communications

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च द्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

बैशाख १, पोखरा

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ ले नयाँ वर्षको २०८२ को शुभ अवसरमा शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम गरेको छ।

कार्यक्रमको अध्यक्षता भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले गर्नुभएको सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशकै शिक्षाका धरोहर नक्षत्रका रूपमा चिनिनु भएका ९४ वर्षीय जर्ज जोनले गर्नुभएको सो कार्यक्रम मञ्चका सचिव भीम गायकले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

ब्यानरमा हस्ताक्षर गरेर २०८२ सालको क्यालेन्डर विमोचन गर्दै सबैलाई वितरण गरिएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जर्ज जोनले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई २०८२ सालको शुभकामना व्यक्त गर्दै विगतमा  शैक्षिक क्षेत्रले भोग्नुपरेका दुःखद अवस्थाहरु र अहिले आउँदा सम्मको शैक्षिक अवस्थालाई नजिकबाट नियाल्दै आफ्ना अनुभवहरु सुनाउनुभएको थियो।

गण्डकी प्रदेशका भूतपूर्वमन्त्री कुमार खड्काले आफूले पढेको विद्यालय मा र्जजजोन जस्तो व्यक्तित्व प्रमुख अतिथि भएर आउँदा आफू जसै आउनुपर्ने मनको बाध्यात्मक अवस्था सुनाउँदै ८२ को शुभ-कामना लाई सतही रुपले नबुझी देश विकासको निम्ति आफ्नो उन्नति र प्रगतिको निम्ति गम्भीर भएर शुभकामना दिन र लिन सक्ने सक्षम भयौं भने मात्रै पुग्छ भन्दै सबैलाई यही शुभकामना व्यक्त गर्दछु भन्नुभयो ।

त्यस्तैगरी नेपाल सरकारका पूर्व सचिव एवं विद्यालयका विद्यार्थी बाबुराम आचार्य ले आफूलाई विशिष्ट अतिथि नभनी आयोजक जस्तै गरि बोल्न मौका दिनुभएको भए आभारी हुने थिएँ भन्दै समस्त नेपालीहरुलाई २०८२ सालको शुभकामना व्यक्त गर्नुभएको थियो। विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाले समग्र विद्यालयको परिवेशको बारेमा आफ्नो धारणा राख्दै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई २०८२ सालको विद्यालयको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि समस्त सबैलाई शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ का निवर्तमान वडाध्यक्ष शोभा मोहन पौडेल र जीवन आचार्य र वर्तमान जनप्रतिनिधिहरू विभिन्न क्लबका अध्यक्षहरू लगायत विभिन्न शैक्षिक प्राज्ञिक व्यक्तित्वहरूको सम उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रम लाई आगामी दिनहरूमा अझै राम्रो र अझै परिस्कृत गर्दै  नयाँ तरिकाले अगाडि बढाउन सकिएमा मञ्चको उपादेयता र सान्दर्भिकता बढ्ने बढ्ने कुरामा कुनै दुईमत नरहेको उपस्थित सबैले बताउनुभएको थियो।

कार्यक्रमको अन्तमा कार्यक्रमको अध्यक्षता गर्नुभएका हरि बहादुर बरुवालले आजको यस कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि धेरैभन्दा धेरै मान्छे जुटाउनको लागि धेरै प्रयास गरिएको र प्रयास गरेअनुसार नै गर्बिलो व्यक्तिहरूको सारगर्मित उपस्थितिले आफूलाई साह्रै नै खुसी तुल्याएको महसुस गर्दै कार्यक्रमलाई सफल पार्दिनुहुन आउनुभएका सम्पूर्ण लाई नयाँ वर्ष २०८२  सालले हामी नेपाली सम्पूर्णलाई सुख शान्ति समृद्धि र अगाडि बढ्ने हरेक पाइलाहरु मा सफलता नै सफलता मिल्नेछ। २०८२ मा देशले पनि कुनै न कुनै रुपमा निकास पाउनेछ भन्दै कार्यक्रम समापन गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: