Worldlink Communications

अन्नपूर्ण रेडियोका मिडिया कर्मि नारायण पौडेललाई पितृ शोक

बैशाख  १, पोखरा

रेडियो अन्नपूर्णका मार्केटिङ म्यानेजर नारायण पौडेललाई पितृ शोक परेको छ ।

पोखरा महानगरपालिका वडा नं २५ निवासि समाजसेवी खिमलाल पौडेलको गएराति ७९ वर्षको उमेरमा निधन भएको हो ।पौडेलको निधनप्रति रेडियो अन्नपूर्णले दुःख व्यक्त गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

स्व.पौडेलको एक श्रीमती, तीन छोरा शीव पौडेल, कृष्ण  पौडेल र नारायण पौडेल हुनुहुन्छ भने तीन छोरीहरू, नातीहरू, नातिनीहरु र पनातीहरु रहेका छन् ।

स्व. पौडेलको जन्म २००३ साल श्रावण १ गते बुबा स्व. राधाकृष्ण पौडेल र आमा स्व. तिलोचना पौडेलको कोखबाट जन्मनुभएको उहाँ  समाजमा मिलनसार, समाजसेवी हुनुहुन्थ्यो ।समाजमा ज्ञानगुन का कुरा, अध्यात्म र सत्मार्गका कुरा गर्ने पौडेलले गएको वर्ष कृयापुत्री तथा सामुदायिक भवन निर्माणको लागि निःशुल्क रुपमा जग्गा प्रदान गर्नु भएको थियो।

पौडेलको पार्थिव शरिरको आज पोखरा महानगरपालिका वडा नं २५ को बाबियातरास्थित शुक्ला गण्डकी घाटमा अन्तिम संस्कार गरिएको छ । सो अवसरमा जेठा छोरा शीव पौडेल तथा कान्छा नारायण पौडेलले दागबत्ती दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: