गण्डकी कोटिहोममा रेणु दाहालको प्रमुख आतित्यताले धनराज आचार्य धर्म संकटमा



वैशाख १४, पोखरा
गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगर पालिका प्रमुख रेणु दहाल प्रमुख आतिथि रूपमा पोखरा आउने भएपछि धनराज आचार्यलाई नैतिक संकट परेको छ।
भोलि हुने कार्यक्रममा रेणु दाहालको उपस्थितिले गण्डकी कोटिहोम का आयोजकहरुमा थप ऊर्जा र हौसला मिलेको भन्दै सामाजिक र धार्मिक लगायत सम्पूर्ण विषयहरूमा सबै किसिमको प्रेरणा प्रदान हुने बिश्वास बढेको आयोजकहरू बताउनुहुन्छ।
सुरुवाती अवस्थामा पोखरा महानगरपालिका र आयोजक बीच भएको द्वन्दले गर्दा प्रमुख अतिथिको रुपमा पोखरा महानगर पालिकाको मेयर धनराज आचार्य नहुने प्राय निश्चित भइसकेको अवस्थामा अब फरकफरक दिनमा हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुने कि नहुने भन्ने विषयलाई लिएर धनराज आचार्य को मनभित्र एक किसिमको नैतिक दबाब सिर्जना भएको सहजै बुझ्न सकिने विषय ले आज निकै चर्चा पाएको थियो।
गण्डकी कोटिहोम ४१ दिनसम्म निरन्तर चल्ने महायज्ञ भएको हुनाले यसको चर्चा परिचर्चा देश र प्रदेशमा समेत व्यापक प्रचारप्रसार भइरहेको विषयलाई ध्यानाकर्षण गरेको सबैलाई सर्वविधै छ भन्दै वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ।
कार्यक्रमको सुरुवातीसँगै सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन शुरू गरिसकेको अवस्था छ भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउनु हुने सहस्त्र जानकारी गराइएको छ।
महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुनेछन्। आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको व्यवस्था गरेको छ, जसले सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नेछ। देश–विदेशबाट लाखौं भक्तजनको उपस्थिति हुने पनि सबैलाई जानकारी आयोजकहरूले बताउनुभएको छ।
दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत गण्डकी कोटिहोममा सामाजिक जागरण र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्दै आएकी देवी प्रतिभाको यो धार्मिक र सामाजिक योगदानले समाजमा सकारात्मक प्रभाव छोड्ने विश्वास गरिएको छ। प्रमुख दहालको उपस्थितिसहित यो महायज्ञले गण्डकी कोटिहोमको प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


