अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई जनाको दुखद निधन



वैशाख १४,पोखरा
कास्कीको अन्नपूर्ण गाउँपालिका आज दिउँसो चट्याङ लागेर दुई जनाको दुखद निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृतकहरूमा संखुवासभा को सिलीचोङ गाउँपालिका २ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राई हुनुहुन्छ।
चट्याङ पर्ने समयमा उहाँहरु ३८ सय मिटरको उचाइमा बाटो बनाउने काम गरिर रहनुभएको थियो। काम गरिरहेकै अवस्थामा अचानक चट्याङ लागेर दुईजनाको दुखद मृत्यु भएको थियो। बाटो बनाउने स्थानमा ९ जना मजदुर खटिएको भएपनि अन्य ७ जना भने सकुशल रहनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो।
मृतकहरूको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर मृतकहरूको सब निकालेको डिएसपी बसन्त कुमार शर्माले बताउनुभयो।
घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झन्डै चार घण्टा पैदल यात्राको दूरीमा पर्छ। घटनास्थल नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकामा रहेको छ। प्रत्यक्ष दर्शी का अनुसार दुखद मृत्यु हुने दुईजनाको शरीर हिउँले पुरिएको अवस्थामा फेला परेको थियो ।


