Worldlink Communications

दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम 

असोज १९ , पोखरा

दोलखा पोखरा समाजले पोखरामा बृहत सरसफाईका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विजयादशमी, दिपाली र छटपर्ब सहित महत्वपूर्ण चाडपर्वको अबसर पारेर सरसाफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको समाजका सचिव कमलबहादु बस्यालले जानकारी दिनुभयो। मुस्ताङचोकदेखि सहिदचोकसम्म सरसफाई सङै झाडी कटिङ सहित सफाई र रुखमा रङरोगन गरिएको बताउनुभयो।

देलखाबाट पोखरा आई विभिन्न पेशा वा व्यवसायमा संलग्नहरुको संस्थाले दोलखेलीहरुको सुखदुखमा साथ रहेको समाजका अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । समाजले विगतका दिनमा पनि विभिन्न रचनात्मक कार्यगर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि ई. ध्रुव पोखरेलले समाजको गतिविधिले सबैलाई जोड्ने काम गरेको बताउनुभयो । उनले समाजका लागि केही गरौं भन्ने भवनाको विकाश भएको धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: