Worldlink Communications

पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने: महेश भण्डारी

असोज २२ , पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताउनुभयो ।

मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उहाले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताउनुभयो।

लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसरको रुपमा लिएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गन्तव्य पोखरा प्रदेशको राजधानी भएको कारणले पनि यसलाई जोगाउँदै संरक्षण गर्न कुनै कसर बाँकी राखिँदैन र राख्नु पनि हुँदैन भन्नुभयो।

प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता यो प्रदेशको सबैभन्दा सुन्दर पक्ष हुन्। यद्यपि यहाँको धार्मिक,पर्यटकीय र सांस्कृतिक पक्षको महत्वबारे बुझ्नुपर्ने बुझेर संरक्षण हुनुपर्ने बिषयमा गहन अनुसन्धान, प्रचारप्रसार तथा बजारिकरणमा पुराना राजनीतिक दलहरूबाट जति हुनुपर्ने थियो त्यति नभएको हुनाले अब यो तदारुक्तासाथ सबै मिलेर गर्नुपर्छ भन्नुभयो।

‘समाजमा रहेर एक खालको प्रवृत्ति देखाउँदै आएका राजनीतिका अगुवाहरूले भइरहेका गन्तव्यको व्यवस्थापन र नयाँ गन्तव्यको खोजीमा पर्याप्त चासो नदिइरहेको अवस्था छ यस विषयलाई लिएर नयाँ पुस्ताले  सबैले बुझ्ने भाका र भाषामा प्रदेश भित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रहरूको बारेमा बुझाउने हाम्रो पार्टी र विशेषगरी मेरो प्रयत्न हुनेछ भन्नुभयो।

पार्टीको गण्डकी प्रदेश समितिले उहालाई गण्डकी प्रदेशको पर्यटन विभाग प्रमुख बन्न गत माघमा सिफारिस गरेको थियो भने पार्टीको केन्द्रीय विभागले भदौ २५ गते अनुमोदन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: