Worldlink Communications

कास्की जिसस प्रमुख लिलाधर पौडेल भन्नुहुन्छ जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन

कार्तिक ८ ,पोखरा

जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रमा देखिएका विभिन्न समस्या, सवाल, जवाफ, चुनौति  र समस्याको सामाना बिषयमा सरोकारवालाहरू सँग छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गमलामा सारेको फूललाई जलार्पण गर्दै कार्यक्रम समुद्घघाटन गर्नुभएको सो कार्यक्रममा बोल्दै बिशेषगरी यातायातसँग सरोकार राख्ने सम्पूर्ण पक्षलाई आमन्त्रण गरिएको भए पनि कार्यान्वयन गर्ने जिम्मेवार निकाय कास्की जिल्ला प्रहरी कार्यालय, कास्की जिल्ला ट्राफिक कार्यालय ,जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाको उपस्थिति सुन्यहुदा ज्यादै दुःख लागेको बताउनु भयो।

आर्थिक मामिला मन्त्रालयका उपसचिव डिल्लीराज रिजालले यातायातको विषयमा बुँदागत रूपमा राख्नुभएको प्रस्तुतिमा धेरै विषयहरूलाई समेटन सफल भएपनि केही बिषयहरु अझै छुटेको बताउनु भयो।

सहर बजारमा गुड्ने गाडीहरूले कति धुवा फाल्छन् ,जेष्ठ नागरिकहरूलाइ , बिभिन्न खालका अपाङ्गता भएका व्यक्तिहरू र महिला लाई कुन गाडीले रोक्छ कुन गाडीले रोक्दैन र कुन गाडीको स्टाफले कस्तो व्यवहार गर्छ भन्ने विषयमा नेपाल सरकारले मूल्याङ्कन गर्नको लागि पक्कै पनि जिम्मा दिएको हुन्छ सम्बन्धित निकायले सही मूल्याङ्कन गरी कारबाहीको कठाघरामा उभ्याउन किन सक्दैन भन्दै उपस्थित हुनुभएका सबैलाई आफ्नो काम कर्तव्य के हो भन्ने हेक्का राख्नुपर्छ भन्नुभयो।

सुशासन भनेको आफैँबाट सुरु गर्नुपर्छ भन्दै म आफू पनि जन प्रतिनिधि भएको र आफूले जनताको काम गर्नको लागि कहीँ पनि कुनै कसर बाँकी नराखेको भन्ने विषय छातीमा हात राखेर आफैले आफैलाई सो मूल्याङ्कन गर्नुपर्छ भन्दै सबै कार्यालयका हरेक प्रमुख हरेक कर्मचारीहरुले आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन भन्नुभयो।

अहिले मानिसहरूमा आफ्नो अधिकार मात्र खोज्ने प्रवृत्ति बढेको हुनाले आफ्नो अधिकार खोज्दा आफूले पनि अरुलाई अधिकार दिएको छु कि छैन भन्ने विषयबाट पनि टाढा रहनु हुँदैन भन्दै एकले गरेको कामले अर्कोलाई बाधा पुर्याउनु हुँदैन भन्नुभयो।

आजको छलफलमा सहभागीहरूको चाहे त्यो सरकार पक्षको होस् चाहे त्यो सरोकार वालाको प्रतिक्रिया होस जुन सुनिरहदा कुनै पनि कार्यालयले इमान्दारिताको साथ जनताको समस्यालाई नजिकबाट बुझ्न नसकेको वा बुझ्न नखोजेको र सरोकारवालाहरूले पनि नेपाल यस्तै हो भन्ने जस्तो बुझिएको हुनाले सरोकारवाला र कार्यालयमा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु सबैले आफ्नो कर्तव्य बोध गर्दै अगाडि बढ्नुपर्ने प्रष्ट बुझ्न सकिन्छ भन्दै सबैले आआफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्नुपर्छ अन्यथा कसैले पनि सुख पाउने छैनन्न भन्नुभयो।

जिल्ला समन्वय समिति कास्कीले जनताका हरेक समस्याहरूलाई जस्ताको तस्तै सम्बन्धित निकाय र सम्बन्धित सरोकारहरूवाला हरूसग प्रत्यक्ष रूपमा छलफल गराई उहाँहरूको बिचमाआउने  समस्या, चुनौती र तिनको समाधानहरूलाई सबैका सामु पुर्‍याउँदै अनुगमन मूल्याङ्कन गरि सम्बन्धित निकायहरूलाई झक्झक्याउने काम गरिरहेको बताउनुभयो।

यातायातको विषयमा छलफल भएको कार्यक्रम हुँदा यातायात व्यवसायीहरूप्रति लक्षित हुँदै यातायात व्यवसायी हरूले बसको सिट क्षमता भन्दा बढी यात्रु किन चढाउने ? धुवा बढी फाल्ने गाडी राम्रोसँग मर्मत किन नगर्ने ? जेष्ठ नागरिकहरू लाई सम्मानपूर्वक गाडी रोकेर किन नचढाउने ? बिभिन्न  अपाङ्गता भएका व्यक्तिहरू लाइ गाडीमा चढाउन किन झन्झट मान्ने  ? वास्तविक विद्यार्थीले पाउने सहुलियत लाई किन दिन कन्जुसाई गर्ने ? लाइसेन्स दिने कार्यालयले किन राम्रोसँग लाइसेन्स दिन नसक्ने भन्दै सबै कार्यालय हरू सबै व्यवसायीहरू सबै नागरिक सबै आआफ्नो ठाउँबाट जिम्मेवार बन्दै असल नागरिक बन्नुपर्ने बताउनुभयो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायातसँग सरोकार राख्ने विभिन्न संघसंस्था, नागरिक समाज, विभिन्न यातायात व्यवसायी सङ्घ संगठनहरू, विद्यार्थी संगठनका प्रतिनिधिहरू , राष्ट्रिय बीमा संस्थान लाइसेन्स शाखा , गण्डकी यातायात विभाग अपाङ्गता भएका व्यक्तित्वहरू र जेष्ठ नागरिक लगायतको उपस्थितिमा भएको कार्यक्रमको स्वागत उप प्रमुख सरिता माल गर्नुभएको थियो भने कार्यक्रम संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: