Worldlink Communications

शुक्ला साहित्य प्रतिष्ठानको राष्ट्रिय पुरस्कार साहित्यकार मुकुन्द शरण उपाध्यायलाई अर्पण

कार्तिक १५ , पोखरा

शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरेकोे छ ।

जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान द्वारा स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई विहीवार एक कार्यक्रमका विच प्रदान गरिएको हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहितको पुरस्कार गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले अर्पण गरे । लामो समय देखि अस्वस्थ रहनु भएका साहित्यकार उपाध्यायले यसअघि प्राकृत पोखरा कृतिका लागी मदन पुरस्कार प्राप्त गर्नुभएको थियो।

सम्मानित भएपछि साहित्यकार उपाध्यायले पोखराको प्राकृतीक साहित्यलाई बचाई राख्न, नयाँ पुस्तालाई आग्रह गर्नुभएको थियो। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले साहित्यमा दलगत राजनिती भित्रिएकोमा चिन्ता व्यक्त गर्दै, साहित्य राजनिती भन्दा धेरै माथि रहेको बताउनुभयो। साहित्य, समाजको दर्पण भएको भन्दै, समाज उपयोगी साहित्य लेखनमा लाग्न पर्ने बताउनुभयो।प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले आफ्नै क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न पाउँदा संस्थाको गरिमा बढेको बताउनुभयो।

राष्ट्रिय पुरस्कारवाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य,डा रविलाल अधिकारी,साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा वराल वात्सायन,चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी,भाषाविद् चुडामणि बन्धु र संस्कृतिकर्मि प्रा.डा जगमान गुरुङलाई प्रदान गरिसकिएको जानकारी दिइएको थियो।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक कवि कुञ्जराज थापा, सल्लाहकार असफल गौतम, श्रष्टा छनौट समितिका संयोजक अग्नीधर शर्मा, साहित्यकार गेहेन्द्रश्वर पोखरेली लगायतले साहित्य विकृत राजनिती लाई सुधार गर्न तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम वस्नेत र संचालन सचिव दिपेन्द्र वाँनियाले गरेका थिए ।सोही अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गर्दै उनी प्रति सर्मपित कविता वाचन समेत गरिएको थियो ।

यसैविच प्रतिष्ठानले संचालन गरेको लोककवि चेत वहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले जानकारी दिनुभएको थियो। चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ । लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय छ । वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीले प्राप्त गरेको सहसचिव संजय थापाले जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: