शुसिल देवकोटाको फेसबुक वाल बाट देखिएको तिलिचो ताल
कार्तिक १५ , पोखरा
उहाँ लेख्नुहुन्छ तिलिचो पदयात्रामा मेरो अनुभव , सिकाई र बुझाइ तिलिचोको परिचय ( स्थानियसंगको भलाकुसारीका आधारमा)
१. नाम कसरी रहन गयो?
– तिलिका नाम गरेकी राजकुमारीको आफ्नो प्रेम प्रतिको त्याग र तपस्या यसै तालको वरिपरी गरेको हुनाले ( तालको बिचमा सुनको हांस देखी त्यसको माग राख्दा उनका प्रेमीले जिवन गुमाउनु परेको) भन्ने मर्मस्पर्शी किमदन्ती
– महादेव र पार्वतीले यसै तालमा स्नान गरी तिलिचो हिमालमा ध्यान गर्नुभएको थियो भन्ने किमदन्ती
-पाण्डवहरू स्वर्ग प्रस्थान गर्ने क्रममा यसै तालको वरिपरी वास वसी स्नान गरेका थिए भन्ने किमदन्ती
२ . भौगोलीक परिचय( विशेष )
-समूद्र सतह देखी विश्व मै सवैभन्दा उच्च स्थान (४९१९ मि.) मा रहेको
३ . मेरो अनुभवमा लियो ताल
– शव्दले वयान गर्नै नसकिने अलौकिक आनन्द
– वेशीशहर देखी खानसार (मनाङ) सम्मको १० घण्टा लामो पिडादायी जिप यात्रा
– खानसार (करिव ३९०० मि. )मा रातभरी निदाउन नसकेको ( गर्मीको अनुभव ), त्यहांको स्वास्थ्य चौकी कार्यरत सुशील तथा सुनिल यादव (जनकपूर ) निकै नै सहयोगी, तिहारमा घर नगई पर्यटकहरूको सेवामा खट्नुहुने उहांहरु लाई सलाम
– खानसार देखी तिलिचो वेसक्याम्प सम्मको हिडाई करिव ४ घण्टाको, बाटोमा पर्ने पहिरो जाने क्षेत्र ( landslide area/ rock falling area ) पदयात्रभरिकै चुनौती पूर्ण पाटो, अझै माथील्लो भेगमा नाउर, मृग लगायतका जनावर हिडे या मज्जाले हावा लागेको समय पर्यो भने त ओत लाग्ने ठाउं सम्म नपाईने, तल सिधै मर्साङ्दी तर त्यहांको व्यवस्थापन निकै नै उत्कृष्ट( तार जालीको प्रयोग, अति जोखिम भएको स्थानमा रेलिङ, थोरै महङ्गो तर खच्चड तथा घोडाको व्यवस्था र त्यो पर्यटकहरुको चाप
– तिलिचो बेस क्याम्प (करिव ४२०० मि. )मा पनि निदाउन सकिएन, बिहानै करिव ३:०० वजे उठेर खाजा र पानी बोकी उकालो लाग्यौ, राती नै हिड्नुको कारण करिव ८ या ९ वजे तिलिचो ताल पुग्ने ( घाम माथि नचढ्दै, हावा नचल्दै ) , राती नै हिड्दा उकालो वाटो काटेको थाहै नपाई काटिदो रैछ
– २२ वटा घुम्ती
– पदयात्रा भरिकै सवैभन्दा मुस्कील क्षेत्र, करिव ५००-६०० मि ठाडै/ सिधै माथी चढ्नुपर्ने, अधिकांश यात्रीहरू विरामी हुने, लेक लाग्ने र नसकेर फर्किने ठाउं
– रोचक पाटो के रह्यो भने, २२ घुम्ती चढ्न मलाई केबल १५ – २० मिनट लाग्यो ( मूर्ख हिडाई) माथी पुगेर हेर्दा भर्खर घाम लागेको ३०० को हाराहारीमा यात्रीहरू नर्सरीका वच्चाहरू जसरी एक एक पाईला चाल्दै उकालो चढेका देखिएको
– आंखै अगाडी कक्रक्क जमेको हिउं, अजङ्गका चांदीका दरवार जस्ता देखीने हिमालहरु, अनि हिमालवाट ओराली लाग्दै गरेको मर्साङ्दी
– अन्तिममा तिलिचो ताल, यस्को सुन्दरता अनि त्यहा पुग्दाको आनन्द विच्छट्ट रमाइलो
– रोचक पाटो: वेस क्याम्प वाट तिलिचो पुग्न स्थानियलाई करिव ३ घण्टा, छिटो हिड्नेलाई ३-४ घण्टा, सामान्यलाई ६ घण्टा, म छिटो हिड्नेमा परेछु, संगै जाने साथीहरू कोही २ घण्टा पछाडी, कोही २२ घुम्ती मै नसकेर घोडाको प्रयोग ( रू १२०००)
– झर्दा चाई मलाई अलि समस्या भयो, घुंडा दुखेर गारो भो, करिव डेड घण्टा लाग्यो, अरू साथीहरू एक घण्टामै झर्नु भएको थियो
– त्यही दिन थप ३ घण्टा हिडेर खानसारमा आई वास वसियो।
– अन्तिम दिन, फर्कनको लागी गाडी नपाएर, सिन्डिकेट सिस्टम र चालकहरूको मनोमानीले गर्दा, होटलवाला, टिकट काउन्टर जताततै गुहार लगाउंदा पनि गाडी पाउन सकिएन, वल्ल वल्ल एउटा सामान बोक्ने बोलेरो खोजेर, पछाडी ढाल्लामा सामान सहित वसेर, धुलो ले शरिर ढाकेर विजोकै भएपनि रमाईलो गर्दै १० घण्टामा राती ८:०० वजे वेशीशहर झरियो।
– त्यहांबाट eco ven रिज्रभ गरी राती १:०० वजे घर आईपुगियो।
– ( बिन्दवासिनी माध्यमिक विद्यालयकोसाइन्स टिचर हुनुहुन्छ )