३७ औँ कार्यपालिका बैठकमा बहुमतका नाममा बैठक बसेर जबर्जस्त गरिएको निर्णय खारेजीको माग गर्दै वडाध्यक्षहरू
मंसिर १२ , पोखरा
३७औँ कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी नभएको र बहुमतका आधारमा गरिएको बैठक मान्य नभएको बताउदै बैठकमा भएको निर्णयहरूको खारेजीको माग गर्दै कात्तिक २० गतेबाट आन्दोलनमा उत्रिएको छु।
पोखरा महानगरपालिकाले विशेष नगरसभाले गरेको निर्णयको विषयमा छलफल गर्न मंगलबार बोलाइएको बैठकमा महानगर पालिका का मेयर धनराज आचार्य र प्रवत्ता मोतिलाल तिमिल्सिना लाई आमन्त्रण गर्न खोजेको भन्ने समाचार गलत भएको बैठकमा सहभागी वडा अध्यक्षहरुले बताउनुभएको छ ।
बैठकमा नेपाली काँग्रेसबाट निर्वाचित पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुली सहभागी नभएको र उहाले नै बैठक रोक्न खोजेको भन्दै उहाकै भनाई राखेर गलत रुपमा प्रचार गरिएको वडाध्यक्षहरूले बताउनुभएको छ।
वडा न. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुली मंसिर ११ गतेको बैठकमा सहभागी नभएको बैठकमा हातपात भएको र हातपात हुनबाट रोकेको भनेर प्रकाशित प्रसारित समाचार गलत भएको बैठकमा सहभागी पोखरा वडा नम्वर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो ।
पोखरा महानगरमा एमालेबाट निर्वाचित जनप्रतिनिधहरु चरणबद्ध आन्दोलनमा उत्रेका छन । ३७ औँ कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी नभएको र बहुमतका आधारमा गरिएको बैठक मान्य नभएको बताउदै त्यसको खारेजीको माग गर्दै कात्तिक २० गतेबाट आन्दोलनमा उत्रेको छ । शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफना माग सम्वोधन नभएको भन्दै कात्तिक २९ गते विशेष नगरसभाको माग गदै महानगर प्रमुख समक्ष निवेदन दर्ता गरेका छन् ।
पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले हाम्रो मागको सुनुवाई नभएपछि स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार नगरसभाका २५ प्रतिशत सदस्यहरुले विशेष नगरसभा माग गर्न पाउने कानुनी व्यवस्था अनुसार माग गरिएको बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐनमा १५ दिनभित्र विशेष नगरसभाको मिति तोक्नुपर्ने व्यवस्था रहेको छ । नगरसभा माग गरेको १३ दिन पुगेपछि मति तोक्ने र एजेण्डाका विषयमा छलफल गर्न मंसिर १० र ११ गते बैठक बसेको थियो ।
बैठकमा छलफल भैरहेको अवस्थामा महानगरपालिकाका प्रवत्ता मोतिलाल तिमिल्सेनाले टेबल ठोकि असज परिस्थिति सृजना गरेपछि बैठक स्थगित हुन पुगेको एमालेका वडा अध्यक्षहरूले बताउनु भयो ।
महानगरको प्रवत्ता मध्यस्थकर्ता बन्नुपर्नेमा बैठकलाई प्रभावित बनाउने गरी अभिब्यक्ति दिएपछि पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले बैठकलाई उत्तेजित हुने अभिब्यक्ति नदिनुस र महानगर प्रवत्ता साझा रुपमा प्रस्तुत हुन अनुरोध गरेको विषयलाई अतिरंजित गरेर गलत प्रचारबाजी गरिएको वडा न.१५ का अध्यक्ष तोरण बहादुर बनियाँले बताउनुभयो ।
विशेष नगरसभाकै विषयमा बैठकमा छलफल भैरहेका बेला नेपाली काँग्रेसका तर्फबाट दलका नेता तथा वडा नम्वर २ का वडाध्यक्ष दिवसमान प्रधानांगले सहजीकरण गर्नुपर्नेमा उल्टै गिलास उठाई भौतिक आक्रमणमा उत्रिदै अपसब्द प्रयोग गरी अर्मायादीत व्यवहार प्रस्तुत गरेपछि बैठकमा थप असहजता सृजना भएको वार्ड नं.१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँ बताउनुभयो। भनाभन कै क्रममा डिभि परेर अमेरिका जान तम्तयार रहनु भएका महानगर का प्रवत्ता मोतिलाल तिमिल्सिनालाई पोखराको माया छ कि छैन भन्ने प्रश्न उठेपछि बैठक झन तनावग्रस्त बनेको थियो।
बैठकमा विशेष नगरसभाका एजेण्डाहरुको विषयमा छलफल चलिरहेको थियो र केही अध्यक्षहरुको प्रस्तुतीले बैठककोे परिस्थिति प्रतिकुल बन्न पुग्यो । मेयर, उपमेयर र प्रवत्ता साझा ब्यक्ति हुन् तर मेयरको ठाडो निर्देशनमा प्रवत्ताले बोल्दा बैठकको परिस्थिति बिग्रन पुगेको र यी सबै घटनाको जिम्मेवार नगर प्रमुखले लिनुपर्ने बैठकमा सहभागी पोखरा महानगर २० अध्यक्ष गंगाबहादुर खत्रीले बताउनुभयो ।
पोखरा महानगरपालिकाको अमानवीय र अलोकतान्त्रिक कथित ३७ औँ नगरकार्यपालिकाको बैठक बोलाई नेकपा एमालेका जनप्रतिनिधिको अनुपस्थितिमा नगर प्रमुखले बैठक संचालन कार्यविधि विपरित सार्वजनीक विदाको दिन बैठक बसी एकलौटी ढंगबाट निर्णय गरी स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष नहुने मान्यतालाई लत्याउदै गण पुरक संख्याको आधारमा गरेका निर्णय खारेजको माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको पोखरा १७ का अध्यक्ष राधिका शाही योगीले बताउनुभयो । “हाम्रो मागको सुनुवाई नभएपछि स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार नगरसभाका २५ प्रतिशत सदस्यहरुले विशेष नगरसभा माग गर्न पाउने कानुनी व्यवस्था अनुसार कात्तिक २९ गते माग गरेका छौ भन्नु भएको छ।”
बैठक नगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको थियो भने उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवत्ता मोतिलाल तिमिल्सेना, नेपाली काँग्रेसका तर्फबाट पोखरा २ का वडा अध्यक्ष दिवसमान प्रधानांग, पोखरा २७ अध्यक्ष पूर्णबहादुर गुरुङ, पोखरा १३ अध्यक्ष किरण बराल, पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कमाचार्य र नेकपा एमालेको तर्फबाट पोखरा १७ का अध्यक्ष राधिका शाही योगी, कार्यपालिका सदस्य निर्मल दियाली, पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बराल, पोखरा २० का अध्यक्ष गंगाबहादुर खत्री, पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँ र शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य सहभागी हुनुहुन्थ्यो ।