Worldlink Communications

पढ्नकै लागि भनेर विदेश जान नपर्ने शिक्षा बनाउने गृहकार्यमा छौं – शिक्षा मन्त्री भट्टराई 

मंसिर २० ,पोखरा

पोखरा महानगर पालिका वडा न १ मा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयले एक बर्ष सम्मको हिरक जयन्ती कार्यक्रम आज समापन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो भने बिषेश अतिथि सङ्घीय सांसद दामोदर बैरागीले हिरक जयन्ती स्तम्भको रिबन काटेर अनावरण गर्नुभएको  थियो।

कार्यक्रमको उद्घघाटन गर्नुहुदै  नेपाल सरकारले आशा र भरोषा लाग्दो शिक्षा बनाउने गृहकार्यमा लागी परेको बताउनु भयो।शिक्षा क्षेत्रमा देखिएका केही बिकृती र विसङ्गतिका कारण ब्याप्त निरासाको अन्त्य गर्दै थप प्रभाबकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले नयाँ शिक्षा ऎनको निर्माण र त्यसको प्रभाबकारी कार्यान्वयन मार्फत सबै खाले बेथितिको अन्त्य हुने दाबी गर्नुभयो।

शिक्षा क्षेत्रमा गर्नु पर्ने धेरै कामका बिचमा नेपालको शिक्षा प्रती बिश्वास जगाउनेतर्फ लागि पर्नुपर्ने भन्दै गुणस्तरीय शिक्षाको शुरूवात गुणस्तरीय शिक्षकबाट शुरु हुने कारण शिक्षकहरूको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताउनु भयो।

बिद्यालय शिक्षा समग्र शिक्षाको जग र रास्ट्र निर्माणको महत्वपूर्ण आधार भएको हुँदा समृद्ध , जिबनोपयोगी शिक्षाका निम्ति सबै क्षेत्र ,बर्ग र समुदायको सहयोग र समन्वय जरुरी भएको उहाँको भनाइ थियो।

व्यवसायिक शिक्षा मार्फत नै गुणस्तरीय जीबनयापनको महत्त्वपूर्ण आधार खडा हुने सर्ब स्विकार्य बिषयलाइ प्राथमिकताका साथ अगाडि बढाउने भन्दै बर्षौदेखि ब्याप्त कमि कमजोरीहरूको पहिचान र निराकरणका लागि बिशिस्ट प्रारम्भिक योजनाका साथ मन्त्रालय अगाडी बढेको जनाउ दिनुभयो।

राष्ट्रिय माध्यमिक बिद्यालयको हिरक जयन्तीका अबसरमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न महानुभाबहरू,शिक्षक ,बिद्यार्थिहरूलाइ मन्त्री भट्टराईले सम्मान गर्नुभएको थियो।

विशिष्ट अतिथि दामोदर पौडेल बैरागीले लामो इतिहास बोकेको विद्यालय भएको बताउनु भयो। यस विद्यालयले धेरै उदाहरणीय अग्रजहरु उत्पादन गरेको छ जसको कारणले पनि राष्ट्रिय मा वि को इज्जत मान प्रतिष्ठा माथि बढाउँदै लैजानुपर्ने सबै को दाइत्व र जिम्मेवार भएको बताउनुभयो। विद्यार्थी, शिक्षक , अभिभावक र व्यवस्थापन समिति सबैको तादम्यता मिल्यो भने मात्र शिक्षा अगाडि बढ्न सक्ने बताउनुभएको थियो

नेपालको शिक्षा प्रणाली विगतदेखि नै व्यवहारिक नभएको कुरो सबै ले मनन गर्न जरुरी छ। त्यही आवश्यकतालाई त्यही जरुरीलाई महत्व दिँदै अहिले नेपाल सरकारले शिक्षा शिक्षाको लागि नभई शिक्षा जीवनको लागि हुनुपर्ने अनि सबैको लागि व्यवहारिक शिक्षा हुनुपर्छ भन्ने बिषयलाइ महत्व दिँदै नयाँ शिक्षाका कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभयो ।

हिरक जयन्तीको समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष वरुण विक्रम राणाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विशेष अतिथिहरूमा प्रदेश सांसद गणेश गुरुङ, राजकुमारी भुजेल लगायत ले सम्बोधन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले विद्यालयको बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रममा विभिन्न पार्टीका अध्यक्षहरू र विभिन्न संघसंस्था, विद्यालयका प्र.अ लाई आमन्त्रण गरिएको समापन कार्यक्रमलाइ सहायक प्र नारायण चपागाईंले भव्य र सभ्यताका साथ सन्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: