नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित
मंसिर २९ पोखरा
नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित हुनुभएको छ ।
प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार बराल र प्रेस सेन्टर र समाजवादी पत्रकारका उम्मेद्वार राजेन्द्र अधिकारी बिच भएको प्रतिस्पर्धात्मक निर्वाचनबाट माधब बराल कास्की अध्यक्ष मा निर्बाचित हुनुभएको हो ।
जम्मा २२० मतदातामध्ये खसेको २०५ मतदान भएकोमा माधव बरालले १०५ मत पाएर अध्यक्ष बन्नुभयो भने ९६ मत प्राप्त गरेर राजेन्द्र अधिकारी उपविजेता बन्नुभएको छ ।
सामान्यतः प्राप्त मत परिणाम यस्तो छ।
अध्यक्ष पदमा माधव बरालले- १०५ ,राजेन्द्र अधिकारीले-९६ उपाध्यक्ष कमल पौडेलले-३५,माधव प्रसाद रेग्मीले -९० ,श्रीराम सिग्देलले- ७७ उपाध्यक्ष (महिला) कन्चन थापा ले- १०९ विना कुमारी थापाले- ८७ मत पाउनुभएको छ ।
सचिवमा भुपाल गुरुङले – १०२ सन्देश श्रेष्ठले – ९८ मत पाउनुभएको छ। सहसचिव (समावेशी) दिलप्रसाद गुरुङ – ७२ ,धन बहादुर गुरुङले- १२६ मत पाउनुभएको छ। सहसचिबमा मधु अधिकारीले – ११८ श्रीभद्र पौडेलले -८० मत पाउनुभएको छ।कोषाध्यक्ष राजाराम पौडेलले -११७ सुरेश अधिकारीले -८० मत पाउनुभएको छ।
सदस्य (महिला) कविता घर्तीमगरले -१०१,देविका तामाङले-९४ मत पाउनुभएको छ भने सदस्य (दलित) सन्तोष परियारले- ५१ सुरेश सुनारले- १४३ मत पाउनुभएको छ।
सदस्य (आदिवासी जनजाती) पुनम थापा मगर (निर्विरोध) सदस्य (अन्य समावेशी) सूर्य परियार (निर्विरोध)खुल्ला सदस्यहरूमा निर्वाचित (९ जना) सदस्य हरुमा अर्जुन (सुशान्त) गाहाले -१५१ गौरव त्रिपाठी- १४३, राजु गिरी – १३२ बालकुमारी पौडेल -१२९ सन्तोष सुवेदी -१२८,रिखिराम जि.सी.-११७ तुलसीराम सुवेदी- १०७निराजन अधिकारी-१०६, पुष्पराज दाहालले- १०४,दीपक श्रेष्ठ -१०३ सन्दीप पौडेल -१०३ विष्णु गौतम – ८८ र चिरञ्जीवी पौडेलले -८२ मत पाउनुभएको छ।
राष्ट्रिय परिषद् सदस्य: निर्वाचित (५ जना) आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट)- १२४ दिननाथ बराल-११६,कृष्णमणि बराल- १०९ ,भरत कोईराला -१०८, राजबहादुर गुरुङ- १०८,कृष्ण दवाडी ८९,मानबहादुर घर्ती- ८१ ऋषिराम बराल- ५० अमृतराज उपाध्याय- ५० मत पाएर विजयी हुनुभएको छ।