भिन्तुना युवा क्लबले प्रथम एमेच्योर फुटसल प्रतियोगिता गर्दे
पौष २४,पोखरा
भिन्तुना युवा क्लब पोखराले यहि पुस २६ र २७ गते दुई दिवसीय प्रथम एमेच्योर फुटसल प्रतियोगिता गर्ने । दर्ता दस्तुर रु ६०००/- लिने भएको छ।
‘सामाजिक सद्भभाव बढाउनकोलागि खेल आत्मीय सम्बन्ध बढाउन को लागि खेल र खेल अनुशासनका लागि खेल भन्ने नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिता २६ गते बाट २७ गते सम्म संचालन हुने भिन्तुना युवा क्लबले आज एक पत्रकार सम्मेलन गरेर सबैको लागि जानकारी दिएको छ ।
वि.सं २०५९ सालमा सामान्य केही युवाहरू जम्मा भएर देउसीभैलो खेल्दै गर्दा स्थापित भएको भिन्तुना युवा क्लबले स्थापना काल देखि नै केही गरौँ भन्ने भावनाका साथ स्थानीय रूपमा निस्कने फोहोर व्यवस्थापन लगायत विभिन्न सामाजिक कार्यहरु गर्दे आई रहेको र कोभिडको समयमा लगभग ५० हजार जनालाई निःशुल्क खाना खुवाएको यस संस्थाले विविध कार्यक्रम गरेर बचेको बचतलाई गरिब तथा विपन्न वर्गका बाबुनानीहरूलाई कापी ,किताब, लत्ता कपडा र आवश्यकता अनुसार स्कुलको फि समेत तिर्दै आएको पत्रकार भेट कार्यक्रममा जानकारी दिइएको थियो।
स्वास्थ्यको लागि खेल र जीवन सहजताको लागि खेल भन्ने उद्देश्यका साथ निर्माण गरिएको यो क्लब लागेका हामी युवाले सामाजिक कार्यमा बेलैमाथि लागेको कारणलेनै हामी आजका दिनसम्म कुलतमा नफसेको भन्नुभएको थियो यिनै सामाजिक कार्यहरूको माध्यमबाट युवाहरुलाई संगठित गरि भाइचाराको सम्बन्ध स्थापित गर्दै समाज र विकासको लागि युवा परिचालन गर्ने क्रममा फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका स्वास्थ्य एंव आर्थिक संयोजक राजन श्रेष्ठले बताउनुभएको थियो।
भिन्तुना युवा क्लबले आयोजना गरेको प्रथम एमेच्योर फुटसल प्रतियोगितामा २० देखि ३० टिमबिचहरू बीच प्रतिस्पर्धा हुने भएको यो खेल्न आउने आउने र सो कार्यक्रम को विजेता हुने प्रथम टिमलाइ १ लाख ११ हजार १११ , द्वितीयहुने टिमलाइ ५५ हजार ५५५ नगद सहित ट्रफी,मेडल, प्रमाण दिने जानकारी प्रतियोगिता संयोजक अनिल उदासले दिनुभएको थियो।
पुरस्कारको व्यवस्थापन वडा कार्यालय सरकारी कार्यालय सहयोगी दाताहरू आफन्त इष्टमित्र व्यापारी साथीहरू र विदेशमा भएका छोराछोरीहरू नै पुरस्कारका स्रोतहरू भएको जानकारी दिनुभएको थियो भने प्रथम पुरस्कारका प्रायोजक पोखरा ३ का स्थायी बासि अहिले अमेरिका बस्दै आउनुभएका दिपेश वैधले गर्ने क्लबका अध्यक्ष मनोज शिल्पकारले बताउनुभयो ।
तृतीय पुरस्कार लगायत अन्य राम्रो टिम अनुशासित टिम राम्रो खेलाडी अनुशासित खेलाडी हरेक विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,सर्वाधिक गोलकर्ता,फेयर प्ले टिमले सामान ५ हजार देखि १००० सम्मको पुरस्कार उपलब्ध गराउने आयोजकले जानकारी दिनुभएको थियो ।