Worldlink Communications

किशोरीहरूमाथि हुनसक्ने हिंसा विरुद्ध आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन

माघ ८ , पोखरा

सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्की र शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको समन्वयमा दुईदिने किशोरीहरूमाथि हुनसक्ने हिंसा विरुद्ध आत्मरक्षा सम्बन्धी तालिम र आत्मविश्वासयुक्त किशोरी तयार गर्ने उद्देश्यका साथ सचेतना मूलक तालिम सञ्चालन गरेको छ।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय, कास्कीका प्रमुख राजेन्द्र प्रसाद पौडेलले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले गर्नुभएको थियो।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिले गण्डकी प्रदेशलाइ आत्मरक्षा सम्बन्धी तालिम दिनै नपर्ने सुन्दर शान्त प्रदेश बनाउन सक्न पाए कति राम्रो हुने थियो भन्नुभयो। आत्म सुरक्षाको ज्ञान सीप हरेक व्यक्तिलाई आवश्यक पर्ने भएको हुनाले यस किसिमका तालिमहरू सबैलाई उपलब्ध गराउन सकिएमा उनीहरूको शारीरिक ,मानसिक र भौतिक रूपमा आफूलाई सुरक्षित छु भन्ने महसुस गराउन आजको तालिमले उच्च मनोबलका साथ दृढताका साथ म आफ्नो आत्मरक्षा आफै गर्न सक्छु भन्ने मान्यताका साथ अगाडि बढ्ने क्षमताको विकास गराउनेछ  भन्ने विश्वास लिएको छु भन्नुभयो।

यस किसिमका तालिम लिएर आफूमा मात्रै सीमित राख्नु भन्दा समाज बाहिर र विद्यालयमा गएर पनि आफूले सिकेका जानेका साहसिक कुराहरु अरुलाई पनि सिकाउने वातावरण सिर्जना भयो भने सबैले सुरक्षित हुने अनुभूति गर्न पाउनेछन् भन्नुभयो।

त्यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले किशोरीहरू माथि हुनसक्ने हिंसा र उनीहरूले अपनाउनुपर्ने आत्मरक्षा सम्बन्धी तालिम लिइसकेपछि उनीहरूमा आत्मविश्वास बढेर आउने विश्वास व्यक्त गर्नुभयो। जसले किशोरीहरूले आफ्नो आत्मरक्षा बढाउने र आफ्नो सानो सजगताले पनि बच्न सकिन्छ भन्ने ज्ञान शिप हासिल गर्नु हुने नै छ भन्ने बताउनुभयो। सबैसँग बल हुन्छ तर क्षमता हुँदैन। सबैसँग ज्ञान हुन्छ तर सिप हुँदैन त्यो क्षमता र सीपलाई आजको तालिमले निखारता ल्याउनेछ र हिम्मतिलो किशोरी निर्माण गर्नेछ भन्नुभयो।

त्यस्तैगरी कार्यक्रमका अतिथि शिक्षा विकास समन्वय इकाई कास्की का इकाई प्रमुख लोकनाथ आचार्यले विद्यालयका किशोरीहरूमाथि हुनसक्ने शारीरिक, मानसिक र भौतिक किसिमका हिंसाबाट बच्नको लागि अपनाउने प्राप्त तालिमहरुले किशोरीहरुमा हिम्मतिलो किशोरी निर्माण गरी आत्मविश्वास बढाइ आइ लाउनेमाथि जाई लाउन सक्ने हिम्मतवाली किशोरी निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।

धन्यवाद सहित कार्यक्रमको अन्तगर्दै सामाजिक विकास कार्यालय कास्कीका प्रमुख राजेन्द्र प्रसाद पौडेलले समाजमा हिंसा भइरहेको र विशेषगरी यसको सिकार किशोरीहरू हुनुपरेकोले विद्यालयका किशोरीहरूलाइ यस किसिमको तालिम दिँदा राम्रो सन्देश जाने भएको हुनाले नै आज यो तालिम आयोजना गरिएको बताउनुभयो।

सामाजिक विकास कार्यालय कास्कीका लेखा प्रमुख प्रेम बहादुर  के सी ले स्वागत मन्तव्य राख्नुभएको  सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय का प्रहरी वरिष्ठ नायब निरीक्षक होत बहादुर रोकामगरले किशोरीहरूमाथि हुनसक्ने हिंसा विरुद्ध आत्मरक्षा सम्बन्धी तालिम दिनुहुने कार्यक्रम सञ्चालक ज्ञानेश्वर सुवेदीले बताउनुभयो।

दुई दिनसम्म चल्ने किशोरीहरूको आत्मरक्षा सम्बन्धी तालिममा कास्कीमा भएका गाउँपालिका बाट एक एक वटा विद्यालय र महानगरपालिकाको दुईवटा विद्यालयबाट करिब ४० जनाभन्दा बढी किशोरीहहरूको उपस्थितिमा गरिएको सो कार्यक्रमलाइ भव्य र सभ्य रूपले ज्ञानेश्वर सुवेदीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: