Worldlink Communications

तेत्तीसौँ राष्ट्रिय औद्योगिक मेला एवम आइटि महोत्सव -२०८१ छैठौँ दिन

माघ १५ , पोखरा

मेलै मेलाको पोखरा भएको हुनाले मानिसहरूको चाप केही कम देखिए पनि पोखरा उद्योग वाणिज्य सङ्घ द्वारा आयोजित ३३ औँ राष्ट्रिय औद्योगिक मेला एवं आइटी महोत्सव २०८१ आफ्नो छुट्टै पहिचान राख्दै आफ्नो प्रदर्शनी भव्य र सभ्य रुपले मनाइरहेको छ।

मेलाको छैठौं दिन सम्म आइपुग्दा प्रत्येकदिन राष्ट्रिय खेती प्राप्त कलाकारहरू को उपस्थितिमा विभिन्न रमाइला कार्यक्रमहरु गर्दै आइरहेको र मेला हेर्न आउनेहरूको उपस्थिति पनि राम्रै भएको आयोजकहरूले बताउनुभएको छ। औद्योगिक मेलामा प्रवेश गर्नको लागि प्रति व्यक्ति ५० रुपैयाँ टिकट लिने गरिएको छ । आफ्ना व्यापारिक सदस्यहरू , आइडी कार्ड लिएर आएका विद्यार्थीहरू र विभिन्न आमा समूहबाट आफ्नो ड्रेसमा आउनुभएका समूहगत आमाहरूलाई टिकट नलाग्ने गरी प्रवेश व्यवस्था मिलाइएको सचिवालयका  सुरज नेपालले बताउनुभयो।

भोलि माघ १६ गते ३३ औँ राष्ट्रिय औद्योगिक मेला एवं आइटी महोत्सव २०८१ को प्रदर्शनी केन्द्र नयाँ बजारमा नेपालका मुख्य सहरहरू काठमाडौँ, झापा, धरान, पोखरा लगायतका सहरबाट आएका विद्यार्थी हरूले विभिन्न आइटी सग सम्बन्धित रहेर तयार पारिएका  आफ्ना फरक प्रोजेक्टहरू जस्तै दृष्टिविहीनहरूलाई इलेक्ट्रिक लठ्ठी, स्मार्ट प्याड भेन्डिङ, इलेक्ट्रिक बाइक “इ” बाइक लगायतका विभिन्न आइटीसँग सम्बन्धित प्रोजेक्टहरू देखाउने कार्यक्रम भएको सीएसआइटीका संयोजक विष्णु पौडेलले जानकारी दिनुभयो।

त्यस्तैगरी भोलि १६ गते नै मधेस प्रदेश सँग सम्बन्धित त्यहाँका विशेषगरी थारु कल्चर लगायत विभिन्न मधेसको पहिचान झल्काउने कल्चरल प्रोग्रामहरूको प्रस्तुति रहनेछ भने राष्ट्रिय ख्याति प्राप्त लोकगायक रामजी खाड, अमर धिताल, सारू मगर ,कृष्ण भट्टराई, कृष्ण सुवेदी ,चोलेन्द्र पौडेल लगायतका कलाकारहरूको बेजोड प्रस्तुति हुने कार्यक्रम भएको पोखरा उद्योगवाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुभयो।

भोलि नै गण्डकीको समुन्नति, पर्यटन र प्रविधि भन्ने विषयमा पनेल डिस्कसन कार्यक्रममा भएको जसमा डा. कृष्ण चन्द्र देवकोटा नीति तथा योजना , गण्डकी प्रदेश, डा. ढाकाराम भण्डारी जिपास्ट र हरि पौडेल बाराही ग्रुपसँग गरिने पनेल डिस्कसन कार्यक्रम भएको क्यान महासङ्घ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: