Worldlink Communications

कास्की जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल भन्नुहुन्छ-धार्मिक आस्था बोकेका रुख जसले कटेको भएपनि सजायको भागीदारी हुनुपर्छ

फागुन ९ , पोखरा

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले धार्मिक आस्था बोकेका रुखहरु काटिएको बिषयमा काट्ने वा काट्न लगाउने सरकारी वा गैरसरकारी संस्था, जुनसुकै निकायले गरेको भएपनि सबै गम्भीर र जबाफदेहि हुनुपर्छ भन्नुभयो।

जिल्ला समन्वय समिति कास्कीले आज आफ्नै सभा हलमा आयोजना गरेको पोखरा महानगरपालिकामा वर ,पिपल र समिका रुख कटानका बिषयमा सरोकारवाला निकायका प्रमुख तथा जन प्रतिनिधि सम्मिलित समन्वय बैठकमा सो कुरा बताउनु भएको हो ।

रुख कटान गरिएको सम्बन्धमा जनप्रतिनिधि, प्रशासनिक क्षेत्रका सुरक्षा निकाय र सार्बजनिक सेवा प्रदायक सरकारी वा गैर सरकारी निकाय र कार्यालयहरूले आफ्नो कर्तब्य र दायित्वबाट पन्छीएर समस्याबाट भागेर हिँड्न कसैलाई पनि छुट नभएको भन्नुभयो। यो देशमा नियम छ कानुन छ यसलाई कडाइका साथ पालना गर्दै कार्य सम्पादन गर्नुको सट्टा सबै सेवा प्राधायक सङ्घ संस्थाहरुका जिम्मेवार व्यक्तिहरु यस बिषयमा अनुत्तरित बन्दै गैर जिम्मेवारी बन्दै हिँडेमा यसको रेखदेख कसले गर्छ भन्दै सधैँ समस्याबाट भागेर कहाँ पुग्न खोज्नुभएको हो ? भाग्न मिल्छ भन्नुभयो।

कास्की जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले हाम्रो देशको कानुनले नराम्रो काम गर्ने कसैलाइ पनि छुट नदिएको हुनाले कानुन बिपरित काटिएका रुखहरू कसले काट्यो? किन काट्यो अर्थात् अर्थात् कसले काटन लगायो यी सबै विषयमा सरोकारवाला निकाय हरू बेखबर बन्न मिल्छ ?

दिउँसै रुख काटिन्छन सामान्य कुरा देख्ने महानगर प्रहरी के हेरेर बस्यो त्यतिबेला महानगर प्रहरी कहाँ थियो ? हाम्रो देशमा सुरक्षा निकाय पनि छ प्रशासन कार्यालय पनि छ जनप्रतिनिधिहरू पनि हुनुहुन्छ अरुबेला छ्यास छ्यास्ती देखिने निकाय कहाँ थिए के गर्दै थिए यो पनि यो पनि खोजीको विषय हुन जरुरी छ भन्नुभयो।

यस किसिमका गैरकानूनी काम गर्ने कानुन विपरीत गर्ने कार्यमा जो कोही दोषी ठहरिएमा वा देखिएमा सत्य तथ्य पत्ता लगाइ सम्बन्धित निकायले सबैले थाहा पाउने गरी सजायको कठगरामा उभ्याई कारबाही गर्ने हिम्मत सम्बन्धित निकायको हुनुपर्छ भन्नुभयो ‌। कारबाही गर्न नसक्ने हो भने जनतालाई सुरक्षाको अनुभूति कसले दिने यो देशमा राज्य छ भन्ने अनुभूति कसले दिने यस्ता कार्यले हामी कार्यालय प्रमुख भएर बसिरहँदा हाम्रो औचित्य के रहन्छ भन्नुभयो।

आजको कार्यक्रममा कास्की जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले कास्की जिल्लाभित्र रहेका रुख कटानसँग सम्बन्ध राख्ने सम्पूर्ण सरकारी गैरसरकारी कार्यालयका कार्यालय प्रमुख तथा सरोकारवाला निकायहरू लाई बोलाएको तर कार्यक्रमको गाम्भीर्यता लाई सामान्य ठान्दै बैठकमा अनुपस्थित हुने र उपस्थितै भएपनि कार्यालयको प्रतिनिधि पठाएर गैरजिम्मेवारीपन देखाएको हुँदा म र  कास्की जिल्ला समन्वय थप चिन्तित बनाएको बताउनुभयो।

जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा कास्कीका केही स्थानिय र केही सरोकारवाला निकायका जनप्रतिनिधि सहित नागरिक समाजको समेत उपस्थिति मा कार्यक्रम भएको थियो।

प्रतिक्रिया दिनुहोस्: