Worldlink Communications

सूर्योदय अङ्ग्रेजी माध्यमिक विद्यालयको ४०औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

फागुन १०, पोखरा

सूर्योदय अङ्ग्रेजी माध्यमिक विद्यालयले आज आफ्नो ४०औ  वार्षिकउत्सव भव्य र सभ्य रूपमा मनाएको छ।

४०औ बार्षिक उत्सव कार्यक्रम जस काजी गुरुङको अध्यक्षता  भएको सो कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विखर्चिले पानसमा दीप प्रज्वलन गरी उद्घघाटन गर्दै प्रमुख अतिथिले शिक्षा व्यक्तिमा मात्र नभई व्यवहारमै हुनुपर्छ भन्दै त्यसको साथसाथै अतिरिक्त क्रियाकलाप हरूको पनि त्यत्तिकै आवश्यकता रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा न. १६ को दिपमा रहेको सूर्योदय अङ्ग्रेजी माध्यमिक विद्यालयको चालिसौँ वार्षिक उत्सवलाइ महोत्सव बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्नुभएका विद्यालय का निर्देशक राजेश गुरुङले आफ्नै विद्यालयको प्रांगणमा विद्यालय का शिक्षक, विद्यार्थी, अभिभावक तथा अतिथिहरू को उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

वार्षिक उत्सव कार्यक्रममा अभिभावकहरूको तर्फबाट चन्द्रमान छन्त्यालले शुभकामना मन्तव्य राख्दै शिक्षक ,विद्यार्थी र अभिभावक बीचको त्रिकोणात्मक प्रयासले मात्र सबैको राम्रो हुने बताउनुभयो। त्यस्तैगरी अतिथिहरूको तर्फबाट पोखरा महानगर पालिका वार्ड नं १६ का जनप्रतिनिधि रामचन्द्र आचार्यले एउटा विद्यालयको प्रगति उन्नति हुनुमा समग्र विद्यालय परिवार जिम्मेवार भइ जबाफदेहि अभिभावक र असल विद्यार्थी भएर नै राम्रो शिक्षा सम्भव हुने भएको हुनाले विद्यालयलाई विद्याको मन्दिरकै रुपमा हेरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा विशेष अतिथिको रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सचिव मनकुमार श्रेष्ठले आफ्ना बाबु नानीहरूलाई के कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा अभिभावकहरू नै बढी जिम्मेवार हुनुपर्ने बताउँदै अहिलेको शिक्षा व्यवहारिक नभएको हुनाले विदेशमा जाने शिक्षा मात्रै भएको हो कि भनेर दुखेसो पोख्नु भएको थियो अहिलेका बाबु नानीहरू एस इ इ दिने बित्तिकै वैदेशिक यात्रा तय गरेको देख्दा आफूलाई साह्रै चित्त दुखेको बताउनुभयो।

विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुति, नृत्य, नाटक, गायन तथा कविता वाचन प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।वार्षिक उत्सवको शुभअवसरमा आयोजित शैक्षिक, खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप हरूमा उत्कृष्ट प्रदर्शन गर्ने सबै विद्यार्थी हरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय को उपलब्धि र भविष्यका योजनाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा अभिभावकहरूको तर्फबाट बोल्ने वक्ताहरूले विद्यालयको प्रगति र विद्यार्थीको उन्नतिमा खुशी व्यक्त गर्नुभएको थियो।

अन्त्यमा, कार्यक्रमको अध्यक्षता गरिरहनुभएका गुरुङ ले धन्यवाद ज्ञापन गर्दै सहभागी सबैलाई आगामी दिनमा अझ राम्रो कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सो कार्यक्रम भव्य र सभ्य रूपले विद्यालयका शिक्षक तीर्थ सुवेदीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: