विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु



वैशाख ५ , पोखरा
सुनसरीको दुहबी नगरपालिका-३ स्थित सडकमा को.३९ प ९१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उहाको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको ईभि गाडी सडक भन्दा करिब २ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको थियो।
सर्लाही बागमती नगरपालिका-७ बस्ने १३ वर्षीया मानुसी मगरको घटनास्थलमै र गम्भीर घाइते भएकी रौतहट घर भएकी ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका गाडीमा सवार ४ जनाको हेटौंडा अस्पतालमा र ९ जनाको मकवानपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको कविलास नगरपालिका-७ गौर चोकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बाटोमा हिँडिरहेका ३० वर्षीय इन्द्रजित महरा को मृत्यु भएको थियो । मोटरसाइकलको ठक्कर बाट गम्भीर घाइते भएका इन्द्रजितलाई प्रादेशिक अस्पताल जनकपुरले उपचार को क्रममा मृत्यु भएको बताएको थियो फरार मोटरसाइकल र चालक दुवैलाई प्रहरीले खोजी गरिरहेको छ।


