गण्डकी कोटिहोम महायज्ञ पोखरेली सबै मिलेर सफल पार्नुपर्छ – वडा अध्यक्ष दिवशमान प्रधानाङ्ग



वैशाख ६, पोखरा
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भभागवत् कथा प्रवचनको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, भक्तजन साधुसन्त र स्थानिय लब्धप्रतिष्ठित संगै राजनेताहरुको उपस्थिती बड्दै गएको छ ।
यसैविच सनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी हुनुभएका वडा अध्यक्ष दिवशमान प्रधानाङ्गले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएकोले धार्मिक अनुष्ठानले पोखराबासीको पहिचान राख्नको लागि पोखरेली हरूको पहिचानलाई थप बलियो बनाउनका सबै मिलेर यो कार्यक्रम लाई सफल बनाउनुपर्ने बताउनु भयो।
“ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ सुन्दर नगरी, जनसंख्या लगायतको हिसावले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ । यो सफल बनाउन हामी सबै नेपालीको कर्तव्य हो,अझ पोखराबासी तपाई हामी सबैको त महत्वपूर्ण जिम्मेबारी हो भन्नुभयो । ” अध्यक्ष दिवशमान प्रधानाङ्गले – “पोखरा आफै पर्यटकिय नगरी हो,यसलाई विश्वव्यापी बनाउन र पर्यटन बर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमीका खेल्ने आफ्नो धारणा पनि राख्नुभयो । ”


