Worldlink Communications

भारतीय युवाको गोली प्रहारबाट बुटवलमा एक महिला घाइते

बैशाख ६, पोखरा

बुटवलमा होटल सञ्चालन गरेर बसेकी टिका बिष्ट क्षेत्रीलाई आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै भारतीय एक युवाले उनीमाथि गोली प्रहार गरेका छन्।

बुटवल उपमहानगर पालिका वडा नं. ११ बुद्धनगरमा होटेल सञ्चालन गर्दै आएकी २९ वर्षीय टिका विष्ट क्षेत्रीलाई आफूले राखेको प्रेम प्रस्ताब अस्वीकार गरेको भन्दै शनिबार दिउसो गोली प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएकि क्षेत्री अहिले चितवनमा उपचार भैरहेको छ।

बिहान होटल खोलेर सरसफाई गर्न लाग्दा भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवाले क्षेत्रीमाथि गोली प्रहार गरेका थिए। त्यसपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो । त्यहाँ पनि उपचार हुन नासक्केपछी उनलाई चितवन पुर्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले बताउनुभयो ।

प्रहरी प्रवक्ता डिएसपी कार्कीका अनुसार गोलि प्रहार गर्ने ती युवा भारतीय नागरिक आलम अन्सारी भए पनि उनको ठेगाना खुल्न सकेको छैन । ती युवा र युवती विच केही समय पहिला भनाभन समेत भएको हामीसंग सुचना आएको छ। अहिलेसम्मको अनुसन्धानले ती भारतीय युवाले एकतर्फी माया गर्ने गरेको र महिलाले अस्वीकार गरेपछि गोलि प्रहार गरेको हाम्रो प्रारम्भिक आंकलन छ भन्नुभयो।

युवतीले प्रेम प्रस्ताव अस्वीकार गरे पछि गोलि प्रहार गरेको हुन सक्ने कार्कि ले बताउनुभयो।गोलि प्रहारबाट ती युवा भारत तर्फ भाग्न सक्ने भएकाले सिमानाकामा कडा निगरानी गरिएको प्रवक्ता कार्कीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: