बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने


माघ २२, पोखरा
विद्युत्प्राधिकरणको २२०/१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०/१३२/३३ केभीको दाना

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युत्को निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताए त्यस्तै कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताए । उनले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताए ।
स्थायी कमिटी सदस्य रायमाझीले बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएर सडकमा जानु विडम्वनापूर्ण भएको बताउँदै मुलुकको हित र रक्षाका लागि ताजा जनादेशमार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, तत्कालीन संविधानसभा सदस्य कल्पना चापागाईँ, पूर्वसांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले सम्बोधन गरेका थिए ।
सो अवसरमा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा–दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराएका थिए । विसं २०७३ जेठ १७ गते शुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ । आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ । कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो ।
-प्रकाश अधिकारी


