काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य राजमार्गको रुपमा नागढुङ्गा–मुग्लिन भएका कारण निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्रगतिमा काम अघि बढाएको हो । विश्व बैंकको आर्थिक सहयोगमा राजमार्ग विस्तारको काम थालिएको हुनाले सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नतिको काम थालिएको हो ।
मुग्लिनबाट मलेखुसम्म सडक ३९ किलोमिटर लामो सडक निर्माण शर्मा जेड आइ सिजी जेभीले गर्न थालेको हो नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो ।चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्दै सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लाइनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने पनि जानकारी दिनुभयो।
पहिलो चरणमा पाँच किलोमिटरमा काम हुनेछ भने मलेखुसम्म छ वटा पुल निर्माण हुनेछन् जसमा खटौटीमा पुल निर्माण अघि बढेको छ भने गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल पनि बन्ने क्रममा भयको जानकारी दिनुभयो । यो खण्डमा आबस्यकता अनुसार करिब १० वटा आकाशे पुल निर्माण गरिने जस्मा मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने जानकारी दिनुभयो।
आयोजनाको बजेट रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो ।यो सडक निर्माण गर्ने क्रममा करिब तीन सय ५० रुख काटिने छन् भने निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा रिटर्निंग पर्खाल उठाउने बिषयलाई प्राथमिकता दिएको यो सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।