बर्षा संगैअन्नपूर्णपदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश
२७ असार २०८०, बुधबार १७:१४ परिबर्तन न्युज
समाचार
असार २७,गण्डकी
अन्नपुर्णपदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक डेड दुइसय भन्दा बढी पर्यटक आउने गरेको पदमार्गमा बर्षा सुरु हुन् लागेपछि पर्यटक घटेर पदमार्ग सुनसान भएका छन।
कोरना सङ्क्रमण र चिसो मौसम पछी फष्टाउन थालेको पर्यटन क्षेत्र फेरी बर्षाको कारणले गर्दा यतिबेला एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ।
यस पदमार्गमा केही समय अघिसम्म पर्यटकको चलपहल हुँदा दैनिक रु २०/३० हजारभन्दा बढी आम्दानी हुने गरेपनि यतिबेला पर्यटक नआउदा दुईचार पैसा देख्न पनि मुस्किल हुन थालेको छ भने यहाको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक भएको हुनाले पर्यटक आए आम्दानी हुने नआए सुनसान हुने संगै नरमाइलो हुनलागेको स्थानीय ब्यबसायी मेख बहादुर गुरुङ बताउनु हुन्छ।
बिशेस गरि बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुने कारणले पर्यटक नआउँदा व्यवसाय नचल्ने भएकाले निराश हुन परेको स्थानीय ब्यबसायीहरु बताउनु हुन्छ । पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकको आगमन ठप्प भएसँगै आम्दानी पनि ठप्प भएको छ भन्नुभयो । बर्खाका कारण पर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभइ यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश हुन थालेको बताउनुभएको थियो ।
स्वदेशी तथा बिदेशी पर्यटकहरु हिमालपहाडको दृश्य, मनाङवासीको रीतिरिवाज, प्राकृतिको सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गरेकाछन् । मनाङका विभिन्न हिमाल चढ्न तथा हेर्न पर्यटक भित्रिने गरेका छन।अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हुदै लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको यस पदमार्गमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् ।
पर्यटक नआउँदा पर्यटन व्यवसायी मात्र नभइ आफू पनि फुर्सिदिलो बन्न पुगेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार फ्रान्स, जर्मनलगायत देशका बढी पर्यटक आएको र बर्खा लागेकाले दृश्य पनि राम्रो नदेखिने हिँड्न पनि समस्या हुने कारणले पर्यटक घटेको बताउनुभयको थियो ।