पुष्पलाल मध्यपहाडी राजमार्ग पिडित संर्घष समिति द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश
भदौं १७, पोखरा
पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६/१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना का कारणले बनेको पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र बुझाएको छ ।
पटक पटक फरकफरकतरिकाले आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द वहादुर वस्नेतले जानकारी दिनुभयो ।
ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको वताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने वताउनु भयो । उहाँले प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै , जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने वताउनु भयो ।
ज्ञापनपत्र वुझाँउदै समितिका अध्यक्ष वस्नेतले सोही रेखांकन अनुरुप काम शुरु भएमा पोखरा १६ र १९का करिव ३ सय घरधुरी उठिवास लाग्ने, प्राकृतिक गुफाको रुपमा विश्वभर परिचित महेन्द्र र चमेरे गुफा संकटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने स्पष्ट पार्नुभयो ।
ज्ञापनपत्रमा पोखरा १६/१९को गलत रेखांकन हटाउने काम गरी विकल्पको व्यवस्थापन तर्फ लगिएमा लामो समय देखि अनाहकमा मानसिक पिडा खेप्दै सर्घषरत स्थानिय पिडितहरुले न्याय पाउने र पिडा मुक्त हुने तथा यो क्षेत्रका विविध राष्टिय समपदाको दिगो संरक्षणको सुनिश्चीतता हुने भनिएको छ ।