नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो
असोज २८, पोखरा
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।
इन्डियन आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य आएपछि नेपाल आयल निगमले सोही अनुसार मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने भएको छ।